Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध र लत्ताकपडासहित पक्राउ

पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० बाट कार्तिक २ गते एपीएफ टोलीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका २ बस्ने ३० वर्षिय दिपेन्द्र लामा र सोही उपमहानगरपालिका ४ बस्ने ३१ वर्षिय फिरोज अन्सारी छन् ।
ना. १९ प १२६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १३ गण हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा ओरेक्स २८ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
यसैबीच, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट कार्तिक ३ गते एपीएफ टोलीले करीब ६ लाख ३९ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।
बा ५ ख १४१० नम्बरको यात्रुवाहक बसमा अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करीब ४ लाख ५८ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा, मोटर्स
पाटर््स र हार्डवेयरका सामान बरामद गरेको छ ।
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोड ईलाकाबाट कार्तिक ३ गते उक्त समान बरामद गरिएको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल