Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

मोरङ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० र १२ स्थित पूर्वपश्चिम राजमार्गबाट सुनसरी ईटहरी उपमहानगरपालिका-२ पशुपति चोक बस्ने २० वर्षीय असिम श्रेष्ठलाई नियन्त्रित लागूऔषध स्पास्पेन १ हजार ६ सय ७० ट्याव्लेट, क्याडोल-५० ट्याब्लेट १ हजार ६ सय २० थान, रिमोडोल-५० ट्याब्लेट ६ थान, मोवाइल १ थान र को।१३ प १२७६ नम्बरको मोटरसाइकल १ थान सहित बिहीबार पक्राउ गरेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार असिमलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
साथै उक्त लागूऔषध बिक्री वितरण हुने गरेको तिरूपती मेडिकलका संचालक सुन्दरहरैंचा-४ बस्ने २६ वर्षीय नरेश यादव समेतलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त मेडिकलबाट डाइलेक्स-डिसी लेखिएको खाली बोतल २ थान, स्पास्पेन लेखिएको २ सय १९ खाली ट्याब्लेट र स्पास्मो लेखिएको १९ खाली ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल