Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका(३६ मित्रनगरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ४ दशमलब ५ केजी सहित काठमाडौं चन्द्रागिरी नगरपालिका(१० थानकोट डेरा गरी बस्ने जाजरकोट घर भएका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नविन प्रकाश पुनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यबिनायक नगरपालिका(४ दधिकोट बस्ने ६२ वर्षीय शरण कृष्ण न्यौपानेलाई गाँजाको धुलो ३ केजी सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१० बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ सय ट्याबलेट र वानरेक्स १ सय एमएलको १ बोतल सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका(१ स्वर्गलोक डेरा गरी बस्ने बारा घर भएका ३५ वर्षीय फारुक मिया अंसारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३(०३(००१ ख ०११८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, सोनमा गाउँपालिका(८ सिहासनीबाट लागूऔषध गाँजा १ केजी १ सय ग्राम सहित लागूऔषध वेचविखनमा संलग्न सम्सी गाउँपालिका(१ पर्सा देवाड बस्ने २६ वर्षीया खतिजा खातुनलाई नगद ५० हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोनमा गाउँपालिका(८ सिहासनी बस्ने हृदयकान्त झाको घरमा लागूऔषध गाँजा लुकाइ छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय गौशाला र प्रहरी चौकी मगरथानाबाट संयुक्त रुपमा खटिएको प्रहरीले झाको घर खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध बरामद गरी खातुनलाई पक्राउ गरेको हो । फरार झाको प्रहरीले खोजी गरिरहेको छ ।
सिराहा, गोलबजार नगरपालिका(५ असनपुर बस्ने २४ वर्षीय मुनेश कुमार सिंह र गोलबजार नगरपालिका(६ दोहटिया बस्ने २८ वर्षीय हरिश चन्द्र महतोलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम, नगद ४ हजार ९ सय २५ रुपैयाँ, भारतीय ६० रुपैयाँ र मोबाइल २ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले स।३ प ७६०८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।