Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । बझाङ, बित्थडचिर गाउँपालिका-३ स्याडीबाट कैलाली गोदावरी नगरपालिका(१० खमौडा बस्ने ३८ वर्षीय लाल बहादुर बुढालाई करिब ५ सय ग्राम लागूऔषध चरेश सहित इतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना.७ ख ५३३३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार बुढालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ ढाटबाट बेलबारी नगरपालिका-६ बस्ने ४० वर्षीय सिद्धि गिरीलाई लुकाई छिपाई ल्याएको हेरोईन जस्तो देखिने खैरो पाउडर ५ ग्राम २ सय ५० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गिरीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, मोरङको हरैचा नगरपालिका-७ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम सहित सोही नगरपालिका-४ बस्ने २८ वर्षीय सरोज गिरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।