Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । नवलपरासी (पश्चिम), सरावल गाउँपालिका-२ देविनगरस्थित पूर्वपश्चिम राजमार्गबाट कास्की पोखरा महानगरपालिका-१४ वेगनासताल बस्ने ३७ वर्षीय सुमन थकाली लगायत ४ जनालाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९० एम्पुल, फेनरागन १ सय ९० एम्पुल, नुर्फिन १ सय ९० एम्पुल र सिरिन्ज ७ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ जाँदै गरेको ग।१ ज १६७५ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध डाइजेल्याब १६ एम्पुल, नुर्फिन १६ एम्पुल, फेनरागन १६ एम्पुल, कौडा १६ वटा, डाईसको गोटी ६ थान र नगद १८ हजार ८ सय रुपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय उद्धब तामाङ र १८ वर्षीय सोभित चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुको कोठा जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।