Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-११ घर भएका २० वर्षीय सन्तोष मोक्तानलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध डाइजेल्याब २० एम्पुल, लुप्रिजेसिक २० एम्पुल, एभिल २० एम्पुल र फेनारगन २० एम्पुल सहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २० वर्षीय दिपेश महरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ स्थित मेची पुलबाट नियन्त्रित लागूऔषध लुप्रिजेसिक ४९ एम्पुल, डाइजेपाम ४९ एम्पुल र प्रोमिथेजाइन हाईड्रो क्लोराइड ४९ एम्पुल सहित मोरङ बेलबारी नगरपालिका-७ कुस्मे टोल बस्ने २२ वर्षीय बिशाल गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-७ भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ४ ग्राम २५ मिलिग्राम सहित गुलरिया नगरपालिका-७ कृष्णरसार टोल बस्ने २७ वर्षीय रोजन पुरी र मधुवन नगरपालिका-२ ओरालीबजार बस्ने १९ वर्षीय दिनेश नेपालीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे।८ प ७८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, गुलरिया नगरपालिका-८ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब १० ग्राम, नगद ९ हजार रुपैयाँ र चक्कु १ थान सहित मधुवन नगरपालिका-५ बस्ने २० वर्षीय खगेन्द्र शाही र २२ वर्षीय सन्तोष थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे।७ प१७८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।