Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले नियन्त्रित लागुऔषध फेनरागन, नुर्फिन र डाइजेपाम गरी जम्मा ९ सय एम्पुल सहित नवलपरासी रामनगर नगरपालिका-१० का गणेश बानियालाई सोमबार बिहान पक्राउ गरेको छ ।
नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु।१ ख।८५१३ नम्बरको यात्रु बसलाई जाँच गर्ने क्रममा बसमा सवार बानियालाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।