Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । धनुषा, लक्ष्मिनिया गाउँपालिका(१ सोहनी बस्ने २० वर्षीय बिपिन यादवलाई नियन्त्रित लागूऔषध नाईट्राभेट १२ ट्याबलेट, स्पासमो प्रिभोन ३ ट्याबलेट, नाईट्रोसन ७ ट्याबलेट र करिब ५० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिराहा, लक्ष्मिपुर पतारी गाउँपालिका(५ पछगाँडाबाट अवैध लागूऔषध गाँजा करिब ३० केजी सहित धनगढीमाई नगरपालिका(१४ खुट्टी बस्ने ५० वर्षीय राम बहादुर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।