Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ कपुरधाराबाट अवैध लागूऔषध गाँजा २ केजी २ सय ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थान डेरा गरी बस्ने डडेल्धुरा घर भएका २१ वर्षीय अजय पनेरु र कैलाली घर भएका २३ वर्षीय भिम बहादुर केसी रहेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुको कोठा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं, महानगरपालिका-१२ टेकु बिष्णुमती पुलबाट काभ्रे भकुण्डेबेसी घर भई टेकु बस्ने ३९ वर्षीय बिष्णु लामालाई नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र नुर्फिन ५ एम्पुल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित नियन्त्रणमा लिने क्रममा लामा पुलबाट हाम फाल्दा घाइते भएका छन् । घाइते भएका उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ ।
गुल्मी, मदाने गाउँपालिका-१ अग्लुङ फेदीबाट अवैध लागूऔषध कालो चरेश २६ केजी सहित प्युठान गौमुखी गाउँपालिका-३ रजबारा बस्ने ३३ वर्षीय बालाराम पुन मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार