Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका–२० बिष्णुपादुका भञ्ज्याङस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ केजी सहित धनकुटा सागुरिगढी गाउँपालिका–९ सालुम बस्ने ३८ वर्षीया सबिता धिमाल राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोस्ट बिष्णुपादुकाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ यात्रु बोकी आएको बलेरो गाडी सोही ठाउँमा रोकी जाँच गर्ने क्रममा गाडीको डिकीमा कार्टुनभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका–२ बसपार्कस्थित सडकबाट रुपन्देही कंचन गाउँपालिका–१ शान्तिनगरचोक बस्ने २० वर्षीय राजकुमार ठाकुरलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट १ सय ५० ट्याब्लेट र स्पास्मो ४० क्याप्सुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।