Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । कास्की, पोखरा महानगरपालिका(३० पिपलडाँली बस्ने ३० वर्षीय शुदर्शन तिवारीलाई नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुल, फेनारगन ३५ एम्पुल, नुर्फिन २९ एम्पुल र नाइट्रोभेट १५ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, हरिवन नगरपालिका(११ बाट नियन्त्रित लागूऔषध नाइट्रोभेट १ सय ४८ ट्याब्लेट सहित हरिवन नगरपालिका(५ बस्ने २२ वर्षीय महिन्द्र महतोलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।