Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित समातिए यादव

सिरहा । बिष्णुपुर गाउँपालिका-१ कमला नहरबाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसि ४५ बोतल सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका-१५ सुकचैना बस्ने ३० वर्षीय बम शंकर यादव र सोही नगरपालिका-१६ बस्ने गोविन्द्र कुमार यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बिआर ३२ आर २३३४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार