Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित साह पक्राउ

सिराहा । गोलबजार नगरपालिका(६ बस्ने २१ वर्षीय राहुल भन्ने जिवछ कुमार साहलाई अवैध लागूऔषध ब्राउन सुगर ४ ग्राम ७ सय ५० मिलीग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । साहको कोठाभित्र तरकारी बेच्ने क्यारेटमा प्लाष्टिकको पोकामा तयार पारिएको लागूऔषध ब्राउन सुगर फेला पारी ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने १९ वर्षीय राजन विश्वकर्मालाई समेत पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।