Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित ५ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ बालकुमारी पुलबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक चन्द्रोदयपुर गाउँपालिका(५ ठेगाना भएका २४ वर्षीय धन बहादुर वाइवा र मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-३ ठेगाना भएकी ३६ वर्षीया सुनिता गोले रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले वाइवाको साथबाट बुप्रेनोर्फिन नूफिन १ हजार ५ सय ६४ एम्पुल, डाइजेपाम १ हजार ४ सय ८७ एम्पुल, फेनारगन १ हजार ५ सय ७० एम्पुल र गोलेको साथबाट नाइट्राजेपाम९नाईट्राभेट० ५ हजार ५ सय ५० ट्याब्लेट फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२८ रत्नपार्कस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ९४ एम्पुल, बुप्रेनोर्फिन १ सय ९० एम्पुल र फेनारगन १ सय ८९ एम्पुल सहित मकवानपुर थाहा नगरपालिका(१२ बस्ने ५५ वर्षीय रमेश शिवभक्तीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिका(१२ बस्ने ३२ वर्षीय वीर बहादुर तितुङले र सोही ठाउँ बस्ने २७ वर्षीय राजकुमार तितुङ रहेका छन् । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बा।५७ प २३८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।