Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषसहित दुई युवा समातिए

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ्ग जिल्लाको गुठी नगरपालिका ३ बस्ने १९ वर्षिय विजय बोहोरा र सोही जिल्लाको तिल्याङ्ग गाउपालिका ८ बस्ने २० वर्षिय अर्जुन नेपाली छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजापाम ३६ सिसि, फेनारागन ३६ सिसि, नुफिन ३६ सिसि, नाईट्राजेपाम ट्याब्लेट १५ वटा र २ वटा सिरिन्ज फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।