Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लाज छोप्न गाह्रो भएपछी दीनमणिले दिए राजिनामा

१ साउन, काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी पत्र दिएका कारण पोखरेल विवादमा आएका थिए ।