Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लाज पचाउने अनेक छन् उपाय

काठमाण्डौ । राजनीति घृणाको श्रोत बन्दै गर्दा कानुनले नदिएको, पार्टीको विधानले नचिनेको दुईतिहाइभन्दा बढि कन्द्रीय सदस्यको महत्व नहुने, स्थायी समितिको चासो छैन । नालायक सचिवालयको गणना नै छैन् । तर पनि पार्टीमा गुटको अध्यक्ष बन्न पुगेका सविधानभन्दा माथिका प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोग, सर्वोच्च अदालत, अख्तीयार मात्र होइन संंवैधानिक निकायहरूलाई मुठ्ठीमा राखेको प्रमाण खोज्नै पर्दैन । प्रमुख निर्वाचन आयुक्त दिनेश थापलीया त प्र्रम ओलीका खाँटी योद्धा नै हुन् । यीनले लाज र शर्म पचाउँदै नेकपाको बहुमत पक्षको प्रमाण देखेनन् ।

संसदीय दलको बहुमतको ख्यालसम्म नगर्ने संसदीय सर्वाेच्चताको जात्रा केपी ओलीको सम्बृद्धि र विकासले ढाकेको छ । उनको टिममा टिकेका नेताले आत्म निर्णय गर्न पाउँदैनन् वा गुरुको आदेशमा ओलीवादको शब्द–शब्द गायत्री जप्नु पर्ने बाध्यता छ । ओलीले जे बोल्छन् त्यो कतै टीकाटिप्पणी भए साइवर सेनाले जवाफ फर्काउँछ ।

ओलीले संसद विघटन गरेपछि संवैधानिक परिषद्को नियुक्तिका लागि गरेका सिफारीस सभामुखले चिन्दैनन् । सल्लाह गरेर प्रतिपक्षका नेता शेरबहादुर देउवा बैठकमा सहभागी नहुने, उनले दिएका एक दर्जनको नाउ स्वीकृत हुने जाली काम नै वैधानिक छैन । तर प्रम ओलीका छौंडा र अरिंगालले थपडी लगाएपछि अदालत र कानुनले गरोस के ? आखिर नेकपाको विवाद अदालतले के गर्छ भन्ने खोजी गर्ने कसले ?

यहाँ उखान टुक्काले जनतालाई हँसाएका भरमा पार्टी चलाइन्छ । विधि, प्रकृया, विधान, नियम, पद्धतिको ख्याल ओली प्रवृत्तिले गर्दैन । किनकी जसले आफ्ना कुरा मात्र संविधान सम्वत ठान्छ उसले अरुका कुरा पैतालाले किच्छ । प्रधानमन्त्री निवासका घेर्ने थिएनन् । नागरिक समाजका अगुवामाथि पानीको फोहरा बर्शाउन किन परेको होला ।

असहज पक्षमा नजर लगाउन नसक्दा प्रमको दम्वले राजनीति टिक्छ । सल्लाकारले कस्तो सल्लाह दिन्छन् ? ओलीका अगाडि जुम्ला गर्दै मन्दीरका अगाडि पाप प्रतिष्ठा गर्न चाहेको भक्तझैं उनीहरू बस्छन् की क्षमता ज्ञान र सीपका आधारमा मुलुक र जनताको हित हुने कार्यक्रम ल्याँउछन् । जब प्रश्न उठाइन्छ, त्यहाँ साइवर सेना प्रहार हुन्छ ।

आफँुले बोलेको सबै ठिक अरुको कुरा कानुनसंवत भए पनि बेठिक भन्ने सत्तापक्षको निष्कर्ष नै पार्टी विभाजनको कारक भएको छ । सर्वोच्च अदालतले सासद पुनस्र्थापना गर्दैन, गर्ने ठाँउ छैन भन्ने ओली बादीहरू मात्रै हुन् । संविधान, पार्टी विधान, कानुनले देखाएको पार्टी ओलीले देख्दैनन् । उनले आफुबाहेक सरकारमा अरु कसैलाई ठाँउ दिन चाहेका छैनन् ।

सत्ता र कुर्सीप्रति प्रम केपी र उनको मण्डलीको मनमौजी प्रदर्शन भएको छ । पार्टीका भगिनी संगठनहरूको बहुमतले प्रचण्ड र माधवको साथ दिएको स्थितिमा साकारपक्षको योजना धम्की, सत्ता, मशल, पैसा, प्रहरी प्रयोग गर्ने र पेल्नेबाहेक ठाँउ छैन । सडक नागरिक समाजको कब्जामा छ ।