Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लामो बहसपछि नेकपाले स्वीकार्यो एमसीसी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अमेरिकी सहयोग एमसीसी प्रकरण समर्थन र विरोध चर्किएको बेला राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्षहरुले सो  योजना नेपालको हितमा रहेको बताएछि नेताहरु नरम हुन थालेका छन् । नेपालले आफ्नो हितका निम्ति सहज हुने सहयोग लिन हुन्छ दिनेको दबाव सहनु हुँदैन भन्ने मत बढिरहेको अवस्थामा नेकपाकोको स्थायी समिति बैठक आज त्यसबारेमा आज निर्णय गर्ने सम्भावना छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एमसीसीबारे पार्टीमा आफ्नो धारणा राख्दै सो प्रस्ताव स्वीकार्नुपर्ने अडानमा थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिल्यै सहमत गराएका कारण पार्टी सचिवालयमा समेत लामो बहस भएन ।

६ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित पनि आजै गर्ने नेकपाको तयारी छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारको बैठकमा छलफल नसकिएको र बाँकी रहेका छलफलका विषयलाई टुंग्याएर आज राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गरिने बताए ।

हिजो शनिबारको बैठकमा महासचिव विष्णु पौडेलले आफ्नो धारणा राखेका थिए । सबै सदस्यले राखेका आआफ्ना धारणाको सम्बन्धमा स्पष्ट पार्न पार्टी सचिवालयको बैठकसमेत बसेको थियो । बैठकमा अध्यक्ष दाहालले स्थायी कमिटी सदस्यले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । अध्यक्ष दाहालले विभिन्न विषयमा प्रष्ट्याउने र परिमार्जन गर्ने विषयसमेत समेटेका थिए ।

अध्यक्ष र महासचिवको प्रतिउत्तर सम्बोधनपछि पनि सदस्यले विभिन्न विषयमा स्थायी कमिटी सदस्यले पूरक जिज्ञासा राखे र तिनलाई थप प्रष्ट्याउने कार्य भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) इण्डो प्यासेफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो वा होइन भन्ने विषयमा आवश्यक परामर्शका आधारमा निर्णय गरिने बताइएको छ । अमेरिकाले एशिया प्रशान्त क्षेत्रको भौतिक पूर्वाधारको विकासका यो कार्यक्रममार्फत सहयोग उपलब्ध गराउँदै आएको छ । नेपालमा पनि प्रसारण लाइन तथा सडक आयोजना सुधारका लागि करीब रु ६४ अर्ब उपलब्ध गराउने सम्झौता यसअघि नै भइसकेको छ । नेपालमा सो परियोजना एमसीसी नेपालको नाममा सञ्चालनमा छ ।


सम्बन्धित समाचार