Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लामो समयपछि करिश्मा र सोनाली एउटै सेटमा

बलिउड अभिनेत्री करिश्मा कपुर डान्स रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर ३’ मा अतिथिका रुपमा पुगिन्। यही सेटमा अर्की अभिनेत्री सोनाली बेन्द्रे पनि देखा परिन्। सोनाली र करिश्माबीच लामो समयपछि एउटै सेटमा भेट भएको थियो। यी दुई अभिनेत्रीले सुरज बडजात्याको फिल्म ‘हम साथ साथ हैं’मा सँगै काम गरेका थिए।
शोमा पुगेकी करिश्माले ‘हम साथ साथ हैं’को सुटिङका दिनहरु सम्झना गरिन्। करिश्माले भनिन्, ‘सोनाली एकदमै शान्त थिइन् र सेटमा सधैं चुपचाप किताब पढ्थिन्।’
करिश्माले भनिन्, ‘हामीलाई फिल्म ‘हम साथ साथ हैं’का दिनहरू साँच्चै याद आउँछ। यो फिल्मसँग गाँसिएका निकै राम्रा सम्झनाहरु छन्।सोनाली एकदमै शान्त थिइन्, म भने सेटमा धेरै कुरा गर्थें। सोनाली आफ्नो किताब लिएर चुपचाप बसिरहेकी हुन्थिन्, तब्बु र म सोच्थ्यौँ उनी के पढिरहेकी हुन्छिन् होला उनी हामीसँग किन बोल्दिनन् त्यो किताबमा के लेखिएको छ तब्बु र म छायांकन हुने फिल्मको कुरा गरिबस्थ्यौँ। सोनाली एउटा कुनामा किताबमा डुबेर बस्थिन्।’
करिश्माले अगाडि थपिन्, ‘हामीले उनलाई सँगै खाना खान भन्थ्यौं, उनी म शाकाहारी हुँ, त्यसैले सलाद मात्रै खान्छु भन्थिन्।’
करिश्माको कुरापछि सोनाली पनि पुराना दिनमा फर्किन्। भनिन्, ‘हम साथ साथ हैं’ उत्कृष्ट फिल्म थियो। यहाँ हामीले परिवारजस्तै भएर काम गर्‍यौँ। सँगै बसेर खाना खानु मेरा लागि सबैभन्दा राम्रो सम्झना थियो।’