Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लालबाबुलाई पन्छाएर ‘डन’ कमरेडलाई विराटनगर जिम्मा लगाउँदै एमाले

काठमाडौं । पार्टीको टिकट पाउने भनेकै डन, ठेकेदार र माफियाले हो । जोसँग पैसा छ पार्टीले त्यस्तैलाई पत्याउने हो । पूर्व क्षेत्रमा डनका रुपमा चर्चित परशुराम बस्नेत विराटनगरको मेयरको उम्मेदवारका लागि नेकपा एमालेबाट सिफारिश भएका छन् । उनी अन्य ४ सहित नाम सिफारिश भएका हुन् । बस्नेत गुण्डागर्दीका कारण विवादमा आइरहन्छन् । उनको विराटनगरलगायत आसपासका क्षेत्रमा ठूलै सञ्जाल छ । एमालेको प्रदेश खेलकुद परिषद्को उपाध्यक्ष समेत बनेका परशुराम बस्नेत लामो समय युवा संघमा रहेर काम गरे । उनी कुनै बेला महेश बस्नेतसँग निकट थिए । परशुराम बस्नेतको समूहले पूर्वका विभिन्न व्यवसायमा संगठित रुपमा प्रभाव बनाउँदै आएको छ । उक्त समूह आपराधिक क्रियाकलापमा लागेको विषय पनि चर्चामा आउने गरेको छ । यसअघि एमालेबाट विराटनगरको मेयर बन्ने चर्चामा आएका पूर्वमन्त्री लालबाबु पण्डितको नाम सिफारिशमा समेत परेन ।