Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लावस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं । लावस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका(१२ सिग्रेनी सोल्टी चोक बस्ने ५० वर्षीय विजय थिङ् लामा र उनकी श्रीमती ५० वर्षीया सजना थिङ् लामालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले वैदेशिक रोजगारको सिलसिलामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भन्दै विश्‍वासमा पारी लावस पठाइदिन्छु भनि विभिन्न प्रलोभनमा पारी विभिन्न मितिमा नगद २४ लाख २० हजार रुपैयाँ लिई ठगी गरी लावस र भारतको दिल्लीसम्म पुर्‍याई अलपत्र पारी सम्पर्क विहीन भई फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका(१२ सिग्रेनीमा फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई थप आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि आइतबार महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल