Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लिङ्देनले धेरै गल्ती गरे, अभिव्यक्ति पनि गलतै दिए – रेखा थापा

काठमाडौँ । अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा बच्चा जन्माउन अमेरिका गएको भनेर आफूलक्षित अभिव्यक्ति दिएजस्तै अर्को गल्ती गरेको बताएकी छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले महामन्त्री धवलशम्शेर राणालाई क्यान्सर भएको संवेदनशील समयमा संगठन विभाग प्रमुखबाट हटाएर लिङ्देनले अर्को गलत गरेको बताएकी हुन् ।

‘महामन्त्री धवलशम्शेर राणा बिरामी हुँदा पदबाट हटाउने जुन गलत काम भयो, त्यस्तै म बच्चालाई जन्म दिन अमेरिका जाने बेला जुन अभिव्यक्ति अध्यक्ष राजेन्द्र लिङ्देनबाट आयो त्यो दुखद थियो, उनले भनिन्, तर मैले माइन्ड गरेको छैन ।

गत वर्ष रेखा बच्चा जन्माउन अमेरिका गएको भन्दै लिङ्देनले उनको नामै नलिईकन टिप्पणी गरेका थिए । उनले भनेका थिए, एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ त्यतिबेलै रेखाले लिङ्देनलाई पनि जवाफ फर्काएकी थिइन् । त्यतिबेला रेखाले लिङ्देनले पनि छोरी अमेरिका पठाएको भन्दै कटाक्ष गरेकी थिइन् ।

त्यतिबेलाको विषय कोट्याउँदै रेखाले अहिले जारी बैठकमा पनि लिङ्देनको व्यवहारप्रति प्रश्न उठाएको एक नेताको भनाइ छ ।

बैठकमा बोल्ने क्रममा थापाले महामन्त्री राणाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समर्थन गर्दै भनिन् , हिजो पार्टीले उपलब्धि हासिल गरे पनि अहिले समस्या र चुनौती खडा भएको सही कुरा महामन्त्रीको प्रतिवेदनमा छ, त्यसमा टेकेर पार्टीमा सुधार गर्नुपर्दछ ।

राप्रपालाई वैकल्पिक शक्ति बनाउने भनिएपनि जनमत घट्दो क्रममा देखिएको भन्दै यसबारेमा पार्टीभित्र लेखाजोखा हुनुपर्ने धारणा समेत राखेको ती नेताको भनाइ छ । उनले पार्टीमा चाकडी र चाप्लुसी गरेर नेतृत्वलाई बिगार्ने काम कार्यकर्ताले बन्द गर्नुपर्ने समेत बताइन् । नेतृत्वको सही कामलाई सही र गलत कामलाई गलत भन्नु सक्नु पर्दछ, उनले भनिन् ।