Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लिपुलेकको सडकबारे भारतको लाजमर्दो दाबी (विज्ञप्ति सहित)

काठमाडौं । मातृभूमि मिँचिँदा पनि कुर्सीकै चिन्तामा हुने नेपाली राजनीतिज्ञ र भारतको हेपाह शैली दुवै लाजमर्दो देखिन्छ । नेपाली भूमि लिपुलेकमा निर्माण गरेको सडक आफ्नै भूमिमा भएको दावी भारतले गरेको छ । नेपाली भूमिमा सडक बनाइएपछि त्यसप्रति नेपालमा सुरू भएको विरोध र नेपाल सरकारले आपत्ति जनाएकोप्रति जवाफ दिँदै भारतीय विदेश मन्त्रालयले उक्त सडक आफ्नै भूमिमा बनेको दावी गरेको हो । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पनि संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका थिए । नेपाली पक्षको उक्त प्रतिक्रियालगत्तै भारतीय विदेश मन्त्रालयले शनिबार साँझ जारी वक्तव्य जारी गर्दै उक्त सडक यसअघि मानसरोवर यात्राका लागि तीर्थयात्रीहरुले प्रयोग गर्दै आएको क्षेत्र नै भएको दावी गरेको छ ।
नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको स्मरण गराउँदै उसले कूटनीतिक संवादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ । दुबै मुलुक कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।


सम्बन्धित समाचार