Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुकाई छिपाई ल्याएको चाँदी सहित पक्राउ

महोत्तरी । जलेश्वर नगरपालिका(२ खैरा चोकमा लुकाई छिपाई ल्याएको १० केजी ९ सय ग्राम चाँदी सहित भारत बिहार हनुमानजी नगर(१ बस्ने २५ वर्षीय सिताराम साहुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जनकपुरबाट भिठ्ठामोडतर्फ जाँदै गरेको ज।१२ प ७३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा साहुको साथमा राखेको २ केजी ४ सय ग्राम तथा मोटरसाइकलको ट्याङकीमा लुकाई छिपाई राखेको ८ केजी ५ सय ग्राम गरी उक्त परिणामको चाँदी फेला पारेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार