Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुटको कारण केयुकेएलमा भएन प्रगति

काठमाडौं । काँग्रेस प्रथम, नेकपा दोस्रो हस्तक्षेपकारी शक्तिका रूपमा राजनीतिमा उदाएका कंशहरूकै कारण राजधानी वासीले मानव जीवनको लागि उपयोगी सफा पानीको रहर मेट्न पाएनन् । एडिबीले खन्याएको ऋणमा मस्ती गरेका तिरेश खत्रीहरू पिआईडीमा डकारेर मेलम्चीमा घुसेका छन् । १९ वर्षदेखिको सपना तुषारापात बनाउन मन्त्रालयका धुन्धकारी र आयोजना कार्यान्वयन निर्देशनालयका खञ्चुवाहरू त लाग्छन् नै हुँदाहुँदा चक्रपथ सडक सुधार आयोजनाले दिएको रु २५ करोडमा समेत ¥याल काडेर कसरी हुन्छ ? बजेट सक्ने जनताको घरमा जाने पाइपमा हावाको धुन पठाउने प्रतिस्पर्धा चलेको छ । महाराजगञ्ज र महाकालचौर शाखाका प्रमुखहरूको अपराधमा अख्तियार साक्षी बन्दैछ । मेलम्चीको नाउमा ५३ अर्ब ८० करोड चुना लाग्यो । त्यसमा मस्ती गर्ने घनश्याम भट्टराई, सूर्य कँडेल त छँदै थिए ।

यिनै भट्टराई थिए इटालियन ठेकेदार खेद्ने । मेलम्ची उप आयोजना २ मा भष्मासुर तिरेश खत्री हुन् । ९० प्रतिशत काम सकिएको मेलम्चीमा अहिले चाइनिज कम्पनी प्रवेश गरेको छ । त्यो कम्पनीको काम जारी छ । तर त्यही छिरेका छन् सडकको काम नगर्ने अपराधी ठेकेदार (हिजो जनयुद्ध शुरु गर्दा कम्प्युटर चलाएका नुवाकोटका शारदा अधिकारी) अबको काम ढिलो भयो भने कारण शैलुङ कन्स्ट्रक्सन हो । जसलाई प्रचण्डसँग जोडिएपछि कानुनले पाता कस्दैन । किनकि प्रम ओली र प्रचण्ड इशाई धर्मका ठेकेदार नेपाली धर्म संस्कृतिको ध्वस्त गर्ने नरसंहारकर्ताका रूपमा प्रस्तुत भएका पात्र हुन् ।

उनको अनुयायीले राष्ट्र लुट्न छूट पाउनु पर्छ । त्यही कारण बिना मगर असक्षम र असफल मन्त्री भए पनि पदबाट हट्नु परेन । उनको अनुचरको रूपमा सचिव माधव बेलबासे तिरेशकुमार खत्री भोजविक्रम थापा, उमेश मरहठ्ठा, रमेश केसी, लेखबहादुर बस्नेत, मुकुन्द भण्डारी, खडा छन् । काँग्रेस सत्तामा छँदा यस्तै पात्रहरू थिए । अजय बम यहाँ जोडिएका छन् । आफूहरू लुट्ने प्रचण्डलाई सफल बनाउनु पर्छ मन्त्रीलाई सघाउनुपर्छ भन्ने मुकुन्दहरूको ताल र गति देख्दा लाग्छ यो मुलुक यिनकै मौजा हो । जहाँ मौकाअनुसार संगठनको सदस्यता लिँदै स्टोर बाहेक अन्यत्र टिक्न नसक्ने मधुसुदनहरू जस्ता चप्रासीले ढलीमली गर्नकै लागि केयुकेएल जन्माउन एडिबीले हिसिला यामीलाई जबर्जस्त उचालेको हो । कतै हिजो जनयुद्धमा लाग्ने खर्च मुकुन्दकै काँधमा थियो । उपत्यका खानपानी व्यवस्थापन बोर्ड थिएन र त्यसले काम गर्दैनथ्यो भने केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालयभित्रको भ्रष्टाचारले उपत्यकाका डढेलो लगाउँथ्यो । पाइप फुटेका छन् बन्दैन ठेकेदारसँग मिलेर तिरेश खत्री उडूस बने । मन्त्रीलाई त्यस्तै उडूस प्यारो भए । प्रधानमन्त्री ओलीलाई असम्भव कुरा सफल बनाउन आवश्यक बजेट प्राविधिक तयारी बिना नै सम्भव छ ।

नेपालका नदीमा पानी जहाज कुदाउन सकिन्छ भन्दै तिन न तेह्रको सल्लाह दिँदै प्यारो बनेका स्वच्छ सचिव माधव बेलबासे जस्तो धूर्तहरूलाई अनुभव बिनाकी मन्त्रीलाई उचाल्न आइतबार लागेन । यस्तै हावाको भरमा कुदेकै कारण मन्त्री आलोचित छिन् । उनको मन्त्रालय स्तरको प्रगतिलाई काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले धानेको छ । जसको भौतिक प्रगति ९७ प्रतिशत बित्तीय प्रगति ८४ रहेको छ । त्यहाँ पनि हाकिमहरूको उठबस शंकास्पद बन्न पुगेको छ । भूमिगत पानी प्रशोधन नगरी बेच्ने ट्याकरहरूसँग असुल्नु बोर्डका इञ्जिनियरहरूको कौशल हो । व्यवस्थापनले त्यस्तो अपराधमा छानविन गर्नै परेन । किनकि बिना मगर आफैं जनयुद्धकी लडाकू थिइन् । यिनलाई उचाल्ने र दशैंमा मेलम्चीको पानी राजधानीमा झर्छ भन्ने खाइदेउहरू लुट्न खटाइएका जनमिलिसिया थिए । प्रेमबहादुर सिंहदेखि बिनासम्म टपक्कै हुने अजय बमलाई कसरी विश्वास गरिन् ? अहिले यस्तै खञ्चुवाहरूले बजेट झ्वाम बनाएका छन् । मेलम्चीका तिरेश खत्री केयुकेएलका मिलन शाक्य, पिआईडीका भोजविक्रम थापा सचिव माधव बेलबासेहरू जनयुद्धले स्थापित गरेको परिवर्तनका शंवाहक भएका छन् ।

को हो अजय बम !
रेडियो नेपालको जागिरे खेलकुद बिट हेर्ने अजय बम काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव राणाका शालो भन्दै कुदिरहेका छन् । सुरापानी र सुन्दरीतर्फ पैसा भक्कु कमाउने ब्यूरोक्य्राटहरू लत्रक्कै पर्छन् । राजा पनि त्यसमा कम छैनन् । होस् गर राणाजी महरा प्रकरण जस्तै झन्झट आइलाग्ला ? रेडियोमा बोर्डको खर्चमा कार्यक्रम चल्छ । सरकारको रेडियो कति प्रभावित छ त्यसको लेखाजोखा हुनसक्छ । तर रेडियोको कर्मचारी यी बमले कार्यकारी निर्देशक राणा र लेखा प्रमुखलाई हातमा लिएर बोर्डको गाडी, मोटरसाइकल, इन्धन प्राप्त कसरी गरे ?

बोर्डको कुन ऐनमा रेडियोको रिपोर्टरलाई पाल्नुपर्छ भनेर व्यवस्था गरेको छ राणाजी ? शाहीकालमा पनि मण्डलेहरू कै संगत प्रेमबहादुर सिंह खानेपानी मन्त्री हुँदा ट्याप्पै शेरबहादुरसम्म पहुँच छ भन्यो बुढानिलकण्ठमा प्रवेश छैन बिना मगर मन्त्री भइन् यिनले समेत बमलाई च्याप्नु पर्ने बाध्यता के प¥यो ? खेलकुदको रिपोर्टर खानेपानीभित्रको कारिन्दा कसरी हुन्छ ? राणा र ढकाललाई हात लिएर ! पत्रकारको भेषमा श्रीमती बटुल्ने धतुराहरूसँग राणाको राम्रो सम्बन्ध छ उनले त्यस्तैलाई पाल्दै आएका छन् । कुनै पनि दिन यिनै धतुरेहरूले राणालाई वाइफाले मैया भिडाएर पैसा धुतेको समाचार आयो भने अनौठो नमाने हुन्छ राणाकै एक शुभेच्छुक भन्दै थिए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल