Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुटाहालाई राजधानीमै हाइसञ्चो

काठमाडौं । सडकको ठेक्कामा प्रवेश गर्नासाथ कुल बजेटको ३५ प्रतिशत कामै नगरी सरकारबाट भुक्तानी लिएर बाडीचुडी गर्ने विभिन्न सडक आयोजनाका डन चरित्रका प्रमुखहरू राजधानीका होटल र रेष्टुरामा रमाइरहेका छन् । यो रमाइलो कार्यक्रमको नेतृत्व गर्ने सबैभन्दा ठूलो बजेट भएको र त्यहाँको खर्चका बारेमा अख्तियारले समेत निगरानी राखेको हुलाकी सडक आयोजनाका प्रमुख अशोक तिवारी र फाइल बढुवा इञ्जिनियर प्रदीप श्रेष्ठ हुन् । राष्ट्रिय गौरवका आयोजनामा दोहन छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र सडकका महानिर्देशक एकातिर मन्त्री रघुवीर महासेठ र सह–सचिव गोपाल सिग्देल नेकपाका महासचिव विष्णु पौडेलको टिम अर्कोतिर भएकाले अहिले सडक आयोजनाको ठेक्का सम्झौता समेत विवादमा पर्दैछ । विष्णु पौडेलको राजनीति भन्दा ठेकेदारी शैली चर्को छ । त्यी कारण उनले सडकका डिभिजन प्रमुखहरू मेघराज मरासिनी बुटवल, दिपक केसी मध्यपहाडी लोकमार्ग, अमृत रिमाल ललितपुर धमेन्द्र झा चरिकोटलगायत एक दर्जन डिइहरूलाई शुक्रबारदेखि काठमाडौंमा केन्द्रीत गराएका छन् ।

उनीहरूको खानपिन र खर्च आफू गैडाको छाला भएको दाबी गर्ने पैसा खर्च गरेर मन्त्रालयका सचिव र मन्त्री नै फेर्ने धाक लगाउने अशोक तिवारीले गरेका छन् । हुलाकी सडकको ठेक्का अहिले विवादित बन्दैछ रु सचिवको धारणा जे सुकै होस् मन्त्रीको साथ पाएपछि सबै काम हुन्छ भन्ने धारणाका आधरमा हुलाकी सडकको मनपरी चले जस्तै बुटवल सडक डिभिजनमा दोहो¥याएर टिकेका मरासिनीको छँदैछन् । सहसचिव गोपाल सिग्देल डिजी हुँदा ठूलो रकम भएका धरान, चतरा, सिन्धुली, हेटौंडा, सडक होस् वा गल्छी–स्याफ्रुबेसी सडकको स्तरोन्नतिको ठेक्कामा सात ठेकेदारको सिन्डिकेट चलाएर राष्ट्रको अरवौं बजेट चुना लगाइएको थियो । त्यो बेला काँग्रेसका रमेश लेखक, वीरबहादुर बलायर केबल थपना मात्रै थिए । शेरबहादुर देउवा पत्नी डा। आरजु राणाको प्रत्यक्ष सरोकारको ठेक्का जोडिएको यो अभियान अहिले रघुवीरले चलाएका छन् । उनले काँग्रेसी डनका रुपमा परिचित फाइल बढुवा प्रदीप श्रेष्ठ र अशोक तिवारीलाई मेघराज मरासिनी जस्ता वामपन्थीको नाममा हसुर्ने कलंकसँग जोडिदिएका छन् । सडकमा वामपन्थी इञ्जिनियरहरूको टिम कमजोर छ । काँग्रेसीहरूले ठूलो बजेट भएका आयोजना पाएका छन् भने मरासिनी आफू पनि अरवौंको आयोजना प्रमुख हुन पाएकोमा नेकपाका महासचिव विष्णु पौडेल, सांसद हृदयेश त्रिपाठीसँग निकटता राखेको हुनसक्ने बुटवल सडकका कर्मचारीहरू बताउँछन् । हुलाकी सडकको पुल संख्या २१९ हो । यसमा ८१ वटा बनेका छन् । यही पुलको ठेक्का सिन्डिकेटमा सचिव देवेन्द्र कार्की, महानिर्देशक केशव शर्मा सहभागी नहुँदा भ्रष्ट मन्त्री र लुटाहाहरूको कुरा मिलेको समाचार स्रोतले बताएको छ ।
हालसम्म २७ अर्ब ५३ करोड ७५ लाख सकेको हुलाकी सडकले अशोक तिवारी जस्ता भष्मासुर डिइ पाइरह्यो भने लक्षित बजेट ६५ अर्ब २० करोडले पुग्दैन । यसको लम्बाई १७९२ किमी हो । अहिलेसम्म २७० किमी कालोपत्रे, ३२५ किमी ग्राभेल गरिएको छ । बलराम मिश्र हुलाकी सडक गए, रोकिएको ठेक्का चलाए । सडकका भष्मासुर विवादित शम्भु कन्स्ट्रक्सनलाई पाखा लगाए । तर देउवा पत्नी डा। आरजु राणाले मन पराइनन् त्यसपछि मिश्र फर्केका हुन् ।


सम्बन्धित समाचार