Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुटाहा पुस्ता काँग्रेसमा नपच्ने

काठमाडौँ । काँग्रेसको लुटाहा पुस्तालाई महाधिवेशनमा कार्यकर्ताले बिदा गर्दैै छन् । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. रामशरण महत मात्र होइन, अर्जुननरसिंह केसी, सुजाता कोइराला, विमलेन्द्र निधिसम्मले अब नेतृत्वको आशा नगरे हुन्छ । पार्टीमा शिखण्डी ठानिएका कृष्ण सिटौलाको टिमका गगन थापाका सबै कुरा ठीक छन् । तर उनले राजनीति गर्दा गर्ने खर्चको जोहो कहाँबाट जुट्छ, उनी कताका जासुस हुन् भन्ने शङ्का छ । नवीन्द्रराज जोशी, बालकृष्ण खाँणको पुस्ताका दीपक गिरी मौका परे तस्करी गर्ने कैलाश सिरोहियाका पार्टनर हुन् । बीपीपुत्र डा. शशांकलाई रक्सी र तरुनीप्रेमी बनाउने उनै हुन् ।

धु्रव वाग्ले, गोविन्द भट्टराई र प्रदीप पौडेल तनहुँमा एकजुट हुने हो भने रामचन्द्र जस्ता दरिद्र नेतालाई बोक्नै पर्दैन । मन्त्री नबन्दै गुण्डागर्दीमा जोडिएका शङ्कर भण्डारी पार्टीमा नेतृत्व पाउने ठाउँ नहुँदा भ्रष्ट शिरोमणि स्व. खुमबहादुर खड्काको हिन्दू धर्मको एजेन्डा लिएर चर्चामा आउँछन् । हिजोको तरुण दल फटाहा, लुच्चा र ठगहरूको जमात बन्दैछ । काँग्रेसमा घुस्याहा चरित्रको स्थान घट्दो छ । पौडेल र देउवालाई पार्टी सत्ताबाट हटाउन युवा पुस्ताले काँग्रेस भन्ने गुटलाई खेद्नै सके भने भारतीय दलालका सग्लो रूप विमलेन्द्र निधि, कृष्ण सिटौला, अमरेशकुमार सिंह मात्र होइन, आफ्नै बाबुको बिँडो धान्न नसक्ने प्रकाशमान सिंहसमेत थन्किने छन् ।

सिंहले नवीन्द्रराज जोशी, गगन थापा, भीमसेनदास प्रधान मात्र होइन, ललितपुरका रामकृष्ण चित्रकार, भक्तपुरका विनोद कायस्थसमेतलाई मिलाउन नसक्दा महानगरपालिकामा हरिप्रिया खड्गीकै पक्षमा आगामी माहोल कस्तो हुन्छ भन्न सकिँदैन । ललितपुरकै मेयर चिरीबाबु महर्जनको हालत अब कस्तो हुन्छ, थाहा छैन । राजधानीकै किसानको छोरा तीर्थराम डङ्गोल, कलङ्कीका दामोदर गौतम, बानेश्वरका हरिबोल भट्टराई, मनमोहन भट्टराईको हालत के छ ? प्रकाशमानको चाक्सीबारीले बुझेको छैन ।