Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुटाहा साहुकर नेताका आम्दानी

काठमाण्डौ । संविधान जलाउने तर त्यही संविधान अनुसार सपथ लिएर शासक बन्ने चरित्र देखाएका मधेसी नेताले गरिबको सम्पत्ति लिएर शासक बन्ने चरित्र देखाएका ठगहरूलाई संरक्षण गरे । नेताले गरिबको सम्पत्ति लुट्ने लुटाहामाथि कारबाही गरेनन् । छोरीलाई दाईजो नदिदा ज्यानै लिने चलन होस् वा बोक्सीको आरोपमा मलमूत्र खुवाउने र मार्ने सम्मका अपराध त्यही हुन्छन् । मधेसवादी दल र काँग्रेस कम्युनिष्ट राप्रपासम्मको पार्टी नीति विधानमा समेत त्यो अपराधजन्य काममा लाग्ने माथि कारबाही गर्ने लिखत प्रतिबद्दता पनि आएन । उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महत्तो देखि अशोक राई सम्मले संविधान जलाएका हुन् । संविधानको अध्योपान्त तयार पारेर संविधान जारी भएकै दिन कम्युनिष्टको आवश्यकता र औचित्य नदेखेको डा. बाबुराम भट्टराईको सासनमा समेत यस्ता अपराधी माथि कारबाही भएन । जहाँ दाईजो नपाएर बुहारी मारिन्छन् ।
अशिक्षा हटाउने श्रमको शोषण गर्ने योजनालाई भत्काउन नसक्ने जसपा र तराई मधेस लोकतान्त्रिक पार्टीले संविधान मान्दिन भनेकै छन् । संविधानकै तेजोबध गर्ने केपी ओलीको सरकारमा उपेन्द्र यादव पनि गएकै थिए । महन्त र राजेन्द्र पनि पुगेकै थिए । तर उनीहरूले मधेसको दाईजो प्रथा हटाउन र बोक्सी प्रथा हटाउने कुनै एजेण्डा ल्याएनन् । श्रमको शोषण नेताकै घरमा बढी छ । सेनामा मधेसीको मात्र पल्टन खोजेको मधेसले जातीय र भूगोलको आधारमा पाएको सुरक्षित कोटा समेत पूरा गर्दैन । तर ठूलो भाग त्यही चाहिएको छ । जो मुलुकभर पार्टी संगठन विस्तार गर्न सक्दैन । क्षेत्रीय चिन्तनबाट उठ्न नसकेको त्यो समूह कसरी समाजवादी र परिवर्तनकारी भयो शंका छ ।
बृद्दा भत्ता, सामाजिक सुरक्षा भत्ता आफै हसुर्ने र कमिशनका कारण सडक तयार नहुँदै सरकारले बस खरिद गर्ने स्वच्छता त प्रदेश २ का मुख्यमन्त्री लाल बाबु राउतले प्रदर्शन गरेका छन् । राउतको शासनमा भएका प्रदेशका गरिबको थातथलो कब्जा गर्ने रु २ सयलाई २ हजार बनाउने अपराधी धेरै छन् । मधेसमा लुट्न र तस्करी गर्नकै लागि दर्जनौ पार्टी खडा भए । बेलायती छात्रवृत्तिमा उच्च शिक्षा हासील गरेका सिके राउतदेखि भगत सिहं सम्मले मधेसमा आतंक मच्चाए । त्यो आतंक चन्दा लिने मै सिमित भयो । सरकारलाई चुनौती दिदै प्रदेशमा देश खोज्ने र सीमामा नाकाबन्दी गरेर भारतीय भूमिमा भोज खाने महन्त र राजेन्द्रहरूलाई आत्मलगानी भएन । उनीहरू देशघाती थिए । नेपालको संसदमा यीनकै दादागिरी जारी छ । भूमिगत समूहको मुद्दा अहिले छैन । सैद्दान्तिक धरातल नहुँदा पार्टीको नाम जे सुकै राखे पनि त्यो समाप्त हुन्छ भन्ने कुरा शुरुमा माओवादीलाई तह लगाउन सरकारले मधेसी घटकहरूलाई उचाल्यो । रौतहट काण्डका नायक उपेन्द्र यादव जस्तो देशद्रोहीले उपप्रधानमन्त्री बन्ने सौभाग्य कम्युनिष्ट सरकारकै पालामा पाए । लुट्ने र तस्करी गर्नेसँग मिल्न खडा भएको समूह अहिले छैनन् । तर बेला बखत महन्त ठाकुर डुक्रिने गर्छन् । जो नेपाली काँग्रेसको साथ लागेर सत्तामा पुर्याइएका थिए । १९ वटा भूमिगत समूहसँग नेकपाकै सरकारले वार्ता गर्याे । कति कुरा वार्ताबाटै बिलाए । सत्ताको बेइमानीले समस्या जस्ताको तेस्तै रह्यो । अपराधी खुला छन् नेतालाई जनतामाथि शोषण गर्न पुगेकै छैन ।