Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । देशमा महामारी चम्कदा रमिते बन्दै कमाउन पल्टेका व्यक्तिहरु सरकारको अधिनमा हुदैनन् । उनीहरु सरकार भन्दा ठूला संविधान भन्दा माथि भए जस्तो देखाउछन् । यस पटक पनि विश्व महामारीको मौका छोपी कोरोना संक्रमित बिरामीहरुको आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएका छन् । तर सरकारको आधिकारी निकाय नागरिक उड्यान प्राधिकरण त्यस्ता हेलिकप्टर कम्पनिहरुले लुट मच्चाउँदा पनि रमिते बनेर बस्यो ।
विभागिय मन्त्रालयबाट जनतामाथि भएको लुटको छानबीन हुने दोषी माथि कारबाही गर्ने कुरा कल्पनाभन्दा बाहिर छ । सञ्चार क्षेत्रले हेलिकप्टर कम्पनिहरुको लुटका बारेमा समाचार प्रकाशन गर्न थालेपछि झस्किएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको भए पनि लुट नियन्त्रणमा सकृयता देखाएको छैन । यस्तै, उडानमा बिचौलिया मार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकोप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको क्यानले जनाएको छ ।
क्यानको निर्देशन बमोजिम हेलिकोप्टर कम्पनीले सरकारले तोकेको प्रतिघण्टाको भाडादरमा समेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड–१९ सङ्क्रमित यात्रु बोक्नु पर्दा भने त्यस यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीको स्वास्थ्य जोखिम बापत थप अतिरिक्त शुल्कसम्बन्धी हेलिकोप्टर कम्पनीले लिँदै आएको पाइएको स्वीकारेको छ । निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा यस सम्बन्धमा कुनै किसिमको गुनासो भए प्राधिकरणको देहायका पदाधिकारीलाई सम्पर्क गर्नसमेत क्यानले सबैमा हार्दिक अनुरोध गरेको भएपनि कम्पनिहरुले आफ्नो लुट छोडेका छैनन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल