Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुट्ने त पशुपतिमा कति कति, कता पुरिए नौ पोखरी र इनार

काठमाडौं । हिन्दू धर्मका आरध्यदेव मानिएका पशुपतिनाथ क्षेत्र विकास कोषको सम्पत्ति बरु क्रिश्चियन धर्म आरोपित पर्यटन संस्कृति मन्त्री सुदन किराँती र कार्यकारी निर्देशिक बनेकी लक्ष्मी पुनले खोजे । तर धर्मको ठेक्का लिएकाहरूले खोजेनन् । काँग्रेसका स्व. गिरिजाप्रसाद कोइरालाले नातामा भाञ्जीज्वाइँ पर्ने लक्ष्मण बस्नेतलाई त्यहाँको कमल पोखरी जिम्मा लगाउँदा बस्नेतको महल ठडियो । पशुपतिकै द्वारे भएका बेला आफ्नै बाबुले कब्जा गरेको घरहरू र जमिन नेविसंघका पूर्व अध्यक्ष मनोज वैद्यले फिर्ता गरे । तर हिन्दू धर्मको प्रवचन दिने पण्डित खेमराज केशवशरणहरूले सहिद धर्मभक्तको शालिक पछाडिको जमिन कब्जा गरेर सहिदको शालिक खुम्च्याइदिएका छन् । हिन्दूका ठेकेदारले गर्ने यही हो ।
क्रिश्चियन धर्मका प्रचारक भनि आरोप लागेका पर्यटमन्त्री सुदन किराँतीले दिनरात नभनी पशुपति क्षेत्रको सफाई गरे । सुमार्गी भवन अगाडि नेपालको झण्डा फहराउने योजना बनाउँदा गजडी मेयर बालेन शाहले सम्पन्न हुन दिएनन् । महानगर वडा नं. ८ अन्तर्गत पर्ने पशुपति क्षेत्रमा नौ पोखरी र नौ इनार नौ भण्डार थिए । ती सबै मासेर व्यक्तिका घर, फूल बेच्ने ठाउँ भएका छन् । पशुपतिको जमिन समेत अमलकोट कचहरीले संरक्षण गरेको छैन । त्यो ठाउँ पनि अहिले माफियाकै नियन्त्रणमा छ ।
योग्यता नपुगेकी लक्ष्मी पुनलाई निर्देशक बनाएको माओवादीले आफू क्रिश्चियन भएर क्रिश्चियनकै स्वार्थमा धार्मिक क्षेत्रमा हस्तक्षेप गर्दा धेरैको मन कुडाएको छ । आफ्नो बाबु पशुपतिको द्वारे हुँदा लिएको भौतिक संरचना फिर्ता गर्ने काँग्रेसका मनोजबाबु वैद्य जस्ता श्याम संगत परेनन् । संगतले मनोजकै बाबुबाट पशुपतिको सम्पत्ति पाएका थिए । पशुपतिको हंश मण्डल पानी पोखरी मासेर निर्माण भएको हो । पशिुपति कोषका सञ्चालक परिषद्मा काठमाडौंका मेयर आमन्त्रित सदस्य हुन्छन् ।
मेयर बालेन शाहलेको घर सिनामंगल पशुपति नजिकै छ । अघिपछि उनले चासो नदिए पनि महादेवको बुटी प्रयोग गर्दा र ¥याप गाउँदा पशुपतिको जमिन संरक्षण गर्नुपर्छ भन्ने भावना राखेका भए काठमाडौंका मेयर बालेन र पर्यटनमन्त्री किराँतीको टसल हेर्न लायक हुन्थ्यो । आफैं विवादित बालेनले महागनरलाई राम्रै बनाउन सक्थे । अहिले बालेन प्रवृत्ति अराजक भएको छ । यो प्रवृत्तिले धरान दुर्गन्धित छ । त्यहाँका मेयरले व्यक्तिको लालपुर्जा भएको जमिनमा आफैं पुगेर रुख रोप्ने अभियान चलाएका थिए । स्वतन्त्र जितेका यी मेयरहरूलाई उस्तै एकलकाटे बनाउँछ कि जनताको पक्ष लिने हो ? स्वतन्त्र स्वयंले कार्यकारी अधिकार प्रयोग गर्ने हो भने संविधान र कानुनको ख्याल गर्नैपर्छ । यिनै किरातीले पशुपतिनाथको गोकर्णेश्वरको २३ रोपनी जमिनको संरक्षण गर्दा पशुपति क्षेत्र विकास कोषमा बसेर माफियाको काम गरेकाहरूले विरोध गरेकै छन् । कतिलाई पशुपतिको बारेमा मन्त्रीले चासो लिएको पचेको पनि छैन ।
पशुपतिका मुल भट्ट र पुजारीहरूलाई कोषले तलब भत्ता, गाडी, आवास दिएको छ । मन्दिरमा भक्तजनले चढाएको भेटी र दानमा पनि उनीहरूले नजर लगाउने र भण्डारे र द्वारेलाई उचालेर विवाद चर्काउने पनि गरेकै छन् । किराँती मन्त्री भएर आएपछि कोषको भद्रगोल सुधार्ने काम भएको छ । केपी ओलीले हिन्दूत्वको संरक्षण भन्दा पनि हजम गर्ने गरी भारतले बनाइदिएको धर्मशालामा तारे होटल चलाउन बतास समूहलाई दिँदा मारवाडी समुदायले कब्जा गरेको धर्मशालाको बारेमा चासो राखेनन् । गौशाला धर्मशालामा पनि लुट चर्केकै छ । त्यहाँ सुदनको ध्यान त गयो साथ पाएनन् । सुधार्नु पर्ने काम पशुपतिमा धेरै छन् । फागुन २५ गते शिवरात्रि हो । त्यो बेलासम्म पशुपति क्षेत्र विकास कोषले आन्तरिक भद्रगोलको सुधारमा ध्यान कस्तो दिन्छ ?
हिन्दू धर्मका ठेकेदारहरूले जनतालाई भ्रममा पारेर गरिने लुटको नमूना पशुपतिको गर्व गृहमा लगाइएको सुनको जलारी काण्ड छँदैछ । जुन जलारी काण्ड अख्तियारले खोतल्दा १२ केजी सुन हजम गर्ने केपी ओलीका दलाल र गोठाला उम्के कोषका सदस्यसचिव र कोषाध्यक्षलाई अदालतले दण्डित गर्दा धरौटी राखेर विशेष अदालतमा तारेख धाउँदैछन् ।