Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुट चम्काउन महशुल बढाइँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान रूपी ठान्ने विद्युतका चमेराहरू काम देखाउँदैछन् । काँग्रेसका लुटाहा मुकेश काफ्लेको डिजाइन र विद्युतका विज्ञ हितेन्द्र देव शाक्यको योजनामा त्यो काम गर्न लुटाहा ऊर्जामन्त्री दिपक खड्काबाट प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै यो चमत्कारी लुटतन्त्र शुरु भएको हो ।
कुलमानको समयमा ५ अर्ब २६ करोड सञ्चित नोक्सानी देखाउन प्रधानमन्त्रीबाट गएको निर्देशनमा ऊर्जामन्त्री खड्का नाचेका हुन् । प्रधानमन्त्रीले राज्यमन्त्री कान्छाराम तामाङको बर्खास्ती त्यसै गरेका थिएनन् । आव २०८०÷०८१ मा सञ्चित नाफा ४६ अर्ब ४७ करोड थियो भने त्यहाँ १२ वर्षको नोक्सानी जोडेर घाटा देखाएर कुम्ल्याउन काँग्रेस–एमालेको ओदे सरकारले यो खेल खेलेको हो । जबकि कर व्यवस्था डिप्रिसिएसनको अवधि ५ वर्ष बाँकी हो । ११ अर्ब अग्रिम कर कट्टा गरेको प्राधिकरणले गर्दा ३३ प्रतिशत छुट्याएकोमा हितेन्द्र देवको विज्ञताले ३० प्रतिशतमा झारेको छ । लुट्नकै लागि काँग्रेसका बीपी पुत्र डा. शशांकले खटाएका ऊर्जामन्त्री दीपक खड्काले संसदको रोष्टममा बोलेको कुरा काटिएको छ । व्यापारीले २२ अर्ब तिरेका छैनन् । त्यो तिर्नु पर्ने पैसा हो । त्यो रकम घटाउने प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलको नेता हुँदा देखिनै लागेका हुन् । अहिले देशमा ओली शासन छ उनले जे गरे पनि हुन्छ । उठ्न बाँकी रकम नाफामा जोडिन्छ त्यो आर्थिक नियम हो ।
विवरण नाफामा हुने तर व्यवहारमा कुलमान दोषी करार गरेर लुट्ने काम ओदे सरकारले गर्दैछ । महालेखाको प्रतिवेदन लत्याएर भ्रष्टाचारीको चमक दिने विद्युत प्रयोगको तथ्यांक लुकाउने काम हुँदैछ । ९.७७ प्रतिशत जनता विद्युतको पहुँचमा छन् । त्यहाँ वैकल्पिक ऊर्जा जोडिन्छ । वडा तहको कुरा गर्दा ९७.५ प्रतिशत पालिकाको ९५ प्रतिशतमा विद्युत पुगेको छ । जबकि चितवनको चेपाङ वस्तीमा बत्ती बाल्दै गर्दा कुलमान बर्खास्तीमा परेका थिए । घर परिवारसँग जोडेर वत्तीको प्रयोग ८४.६२ प्रतिशत हो भन्ने प्रमका विश्वासी हितेन्द्रको योजना भने यहाँ छैन । अर्थमन्त्रालय आफैंमा लुटको खानी बनेको बेला आर्थिक सर्वेक्षण कति विश्वासयोग्य होला । भारतसँगको खरिद देखाएर उपभोक्तासँग महसुल बढाउने उद्योगीले सित्तैमा विद्युत प्रयोग गर्न पाउने नयाँ रणनीति हितेन्द्रदेवले स्थापित गर्दा जताततै सम्वृद्धि देख्ने प्रम ओलीको सपना पूरा हुन्छ । शाक्य आएपछि चुहावट १४.७३ थियो । ९७.५ प्रतिशत जनतासँग विद्युत पहुँच कुलमानकै पालामा थियो भने ओदे सरकारका कार्यकारी निर्देशकले ७७ जिल्लामा विद्युत पुग्न ३३ वर्षको समय कसरी तोके शंका छ ।
रु. १० अर्ब खातामा रहँदा नगद अभाव देखाउन लाज नमान्ने विज्ञ हितेन्द्र शाक्यलाई रु १० अर्ब १० करोड चुना लगाउन प्राधिकरणमा प्रधानमन्त्रीले खटाएको कुरा अब लुकाउनु परेन । किनकि उनै शाक्यले कतै नाफा कतै घाटा देखाएर आफ्नो प्राविििधक क्षमता उदांंगो बनाएका छन । ३ वर्षदेखि विद्युत महसुल बढेको छैन भन्ने शाक्य उद्योगीबाट उठाउनु पर्ने महशुलमा मौन हुनुको कारण प्रधानमन्त्रीले महशुल नतिर्न उक्साएका उद्योगीको सेवक हुनु हो । त्यही ठाउँमा आठ वर्षमा उपभोक्ताको महसुल २५ प्रतिशतसम्म घटाउँदा पनि प्राधिकरण नाफामा थियो । ऊर्जा मन्त्री आफैं लुटाहा हुन् ।

प्राधिकरणको श्वेतपत्र जारी
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणको यथार्थ अवस्था देखाउन भन्दै श्वेतपत्र जारी गरेका हुन् । श्वेतपत्रअनुसार विद्युतको पहुँच ९७.५ प्रतिशत पालिकामा मात्रै पुगेको छ । घर संरचनाको आधारमा ९१.४१ प्रतिशत विद्युत् पुगेको देखिएको हो । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणबाट विदा हुनुअघि पत्रकार सम्मेलन गर्दै मुलुकभर करिब ५८ प्रतिशत जनताले मात्र विद्युत उपभोग गर्न पाएकोमा हाल ९९ प्रतिशतभन्दा बढी जनतामा विद्युतको पहुँच पुगेको उल्लेख गरेका थिए । श्वेतपत्रमा वडाको आधारमा हेर्दा ९५ प्रतिशत मात्रै पुगेको उल्लेख छ। यसअनुसार २०८१ माघसम्म ५५ लाख ८६ हजार घरमा मिटर जडान गरिएको देखिएको छ । सरकारले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई प्राधिकरणको नेतृत्व सुम्पिएको थियो । २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका कुलमानलाई सरकारले गत चैत ११ गते बर्खास्त गरेको थियो। मन्त्रिपरिषद्को सोही बैठकबाट हितेन्द्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । आफू कार्यकारी निर्देशक बनेपछि हितेन्द्रले कुलमानले ढाँटेको र मिडियाबाजी मात्र गरेको भन्दै प्राधिकरणको यथार्थ अवस्था देखाउन श्वेतपत्र जारी गर्ने बताउँदै आएका थिए ।


सम्बन्धित समाचार