Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काभ्रे । काठमाण्डौ विश्व विद्यालयले स्कूल अफ इन्जीनीयरको डीनमा सो विश्व विद्यालय कै आइटी प्रमुख प्रा मनिश पोख्रेललाई नियुक्ति गर्ने भएको छ । पोख्रेल विश्व विद्यालयलाई प्राप्त रु १३ करोड कोरीयन सहयोगमा लापर्वाही गर्ने प्राध्यापक हुुन् । उनलाई प्रयोग गरेर उपकुलपति भोला थापाको समूहले रु ५ करोड उठाउने योजना बनाएको छ । सो रकम नयाँ भर्ना हुने विद्यार्थीहरुसँग अशुल्ने योजना बनाइएको छ ।
कोरीयन सहयोगबाट प्राप्त उक्त रकमले नव वुद्ध नगरपालिकामा कार्यक्षेत्र बनाइ अनुसन्धान गर्नु पथ्र्याे । तर उनले आफ्नो मामा मुकुन्द शर्माको निर्देशनलाई मानेर कारीयन प्रोजेक्ट कार्यक्रम सिन्दुली जिल्लाको कमलमाई नगरपालिकामा लगेको थिए । केयूको नाममा प्राप्त कुनै पनि प्रोजेक्टको रकम ठिक ठाँउमा सदुपयोग नगर्ने मनिशलाई स्कूल अफ इन्जीनियरको डिन बनाएपछि बेला मौकामा विदेशी सहयोग लिएर मनपरी गर्न सकिन्छ भन्ने दाउमा त्यहाँको भ्रष्ट गिरोह रहेको छ । मनिशलाई डिन बनाउन उपकुलपति डा. भोला थापाले आन्तरिक सूचना पनि प्रकाशन गरेनन् ।
बिहीबार बिदाको दिन भएपनि डिनको निम्ति पोख्रेलले विश्व विद्यालय उपकुलपति समक्षक निबेदन दिने भएका छन् । उपकुलपति र पोख्रेलको गठबन्धनले केयू भित्र हुने मनपरी झन् बढ्ने छ । किनकी अवकाश पाइसकेपछि पनि मुकुन्द शर्माको चलखेल केयू भित्र भइरहेको छ । प्रध्यापकहरुका अनुसार केयूका लागि प्राप्त कुनै पनि परियोजनाका निम्ति आएको विदेशी सहयोग केयू कै निति र निर्देशनमा सम्पन्न गर्नु पर्दछ । त्यस्ता परियोजनालाई स्कूल अफ एजुकेसन विभाग अन्तरगत सञ्चालन गर्नु पर्दछ । तर कोरीयन लुपि परियोजना त्यसरी सञ्चालन गरिएन । यहाँ मनिश पोख्रेल र उनका मामा मुकुन्द शर्माको मनपरि भएको कारण त्यसको छानबीन गरि यर्थाथ बाहिर ल्याउनु पर्ने शिक्षकहरुले माग गरेका छन् ।
यो परियोजना प्रति स्थानिय अभिभावक र विद्यार्थीहरुले समेत चासो दिएका थिए । नवो वुद्ध नगरपालिका अन्तरगत सञ्चालन गर्नू पर्ने कार्यक्रम सिन्धुली लगेपछि उनीहरुको विरुद्धमा स्थानीयहरु लागेका हुन् । त्यसको निम्ति रु १३ करोड आएको थियो ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल