Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज प्रदेश सभामा विश्वासको मत लिदै हुनुहुन्छ । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । चैत २३ गते मुख्यमन्त्रीमा महरा नियुक्त हुनुभएको थियो । महरालाई पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसदगरी ४८ जना प्रदेश सभा सदस्यको समर्थन छ । मुख्यमन्त्री नियुक्त भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्राब्धान छ । महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्रीले तीन जना मन्त्री समेत नियुक्त गरिसक्नु भएको छ । तर, उहाँहरुको जिम्मेवारी भने तोकिएको छैन् । एमालेबाट दल उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्नु भएको छ । विश्वासको मत पाएपछी मात्रै मन्त्रीको जिम्मेवारी तोकिने र थप मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीको छ । केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ मा राजिनामा दिनु भएको थियो ।।


सम्बन्धित समाचार