Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ दाङमा सम्पन्न भएको हो । कार्यक्रम उपमा सञ्चार प्रालि र तेजनेपाल मल्टिमिडिया प्रालिको संयुक्त आयोजनामा सम्पन्न भएको हो । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगर प्रमुख आतिथ्यता, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट विशिष्ट अतिथि, उपमा सञ्चार प्रालिकी अध्यक्ष आशा गौतमको अध्यक्षता, तेजनेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख घर्ति मगरले मौलिक कला तथा संस्कृति संरक्षणको आवश्यकता औंल्याउदै स्थानीय कला र संस्कृतिमा नै मौलिक पहिचान रहेको उल्लेख गर्नु भयो भने हाल ती लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो । साथै, स्थानीय समुदायको आर्थिक उपार्जनका लागि मौलिक कला तथा संस्कृतिलाई पर्यटनसँग जोड्न आवश्यक रहेको कुरामा उहाँले विशेष जोड दिनुभयो । उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, पत्रकार राधेश्याम गुप्ता, सन्तोषकुमार गुप्ता, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष राजेन्द्र चौधरी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सुमन कुमार श्रेष्ठ स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अनिल सुनामले गर्नु भएको थियो । कार्यक्रमलाई समापन गर्दै उपमा सञ्चारकि अध्यक्ष तथा सभाध्यक्ष आशा गौतमले लुम्बिनी प्रदेशमा आएर यसरी ऐतिहासिक कार्यक्रम गर्न पाउँदा निकै खुशी लागेको भन्दै सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहप्रायोजनमा काठमाडौ पोड्वे, सुटमाला, एसिया प्यासिफिक स्कुल कलेज, एनएस अटोमोबाईल्स त्यस्तै सहयोगी संस्थाहरूमा राप्ती गाँउपलिका दाङ्ग, होटेल हरियाली दाङ, उमा फिल्मस, सुटहब, श्रुति संगीत विधालय, ओजस्वी मल्टिमिडिया लगायतका संस्थाहरू रहेको थियो । कार्यक्रममा अग्रज पत्रकार राधेश्याम गुप्ता ‘नयाँ युगबोध दैनिक’ सहित विभिन्न साहित्यकार, कलाकार तथा श्रष्टाहरूलाई सम्मान प्रदान गरिएको थियो । त्यसै गरी सर्वाेत्कृष्ट नव गायक संगम राजु विसि, नव मोडल विविका भुषाल, लेनिया विक, पञ्चेबाजा गीत तर्फ मोडल नारायण विपि परियार, मौलिक झ्याउरे गीत तर्फ गायन जितन भाई श्रीष, निर्माता उमा गिरी, कोरियोग्राफर महेश रामुदामु, आधुनिक गीतकार विजय खडका गगन, नव गायन अनु डिसि, अशोक पाण्डे गजल तर्फ संगीतकार सन्तोष कुमार रजौरे, प्रतियोगी कलाकार तर्फ सपना रोका, प्रत्यक्ष दोहोरी तर्फ हरिकला सुनार, वाध्यवादन तर्फ भुवन बराल, छोटो चलचित्र विधामार्फत बद्रि शाह, सिरियल विधाबाट रमेश अधिकारी, शोभा कुवंर लगायत अवार्डित भएका थिए । सर्वाेत्कृष्ट अवार्ड बिजेताहरूमा भाषाभाषी गीत बिधा तर्फबाट गीतकार सोब्राटी मन्सुरी, मौलिक सालैजो गीत बिधा तर्फ गायन पार्वती रोकाया, चाडपर्व गीत विधा तर्फ गायन दिपक वली, मोडल उमा गिरी, मोडल गगनशिला सुनार, लोक दोहोरी गीत गायक विजय सुनाम, मोडल तर्फ प्रकाश गौतम, रिजन वस्याल, रक क्षेत्री रहेका थिए ।
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल