Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिनको निधन

काठमाडौं । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान खानको निधन भएको छ । नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका ३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले बताए ।
नगर प्रमुख सजरुद्दिन शुक्रबार मात्रै मलेशिया भ्रमणबाट घर फर्केका थिए । बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको वडाध्यक्ष मुसलमानले जानकारी दिए । उहाँ शुक्रबारमात्रै मलेशयिाबाट फर्कनु भएको थियो, हिजो राति सुत्दा र बिहान उठ्दासम्म राम्रै थियो, बिहान उठेपछि अप्ठेरो भयो भनेपछि मेडिकल कलेज लैजादैं गर्दा निधन भएको हो, वडाध्यक्ष मुसलमानले भने । नगर प्रमुख खान नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी ७० वर्षका हुन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल