Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारीमा रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई बयानमा बोलाउने तयारी भइरहेको बताए। उहाँ बयानमा बोलाउँदा पनि आउनुभएन भने के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ। उनले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको समेत बताए। तर ओलीले कार्की नेतृत्वको आयोगलाई अस्वीकार गर्दै बयान दिन नजाने बताउँदै आइरहेका छन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल