Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लैंगिक हिंसा बिरुद्ध अनुशिक्षण तालिम

काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा लैंगिक हिंसा बिरुद्धको सात दिने अनुशिक्षण तालिम सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले भाद्र २५ गते आयोजित एक समारोहका वीच सो तालिमको उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपालले सवै बाहिनीहरुमा जेण्डर डेक्स र अन्य विभिन्न एपीएफ युनिटहरुमा जेण्डर फोकल प्वईन्ट तोकिएको कुरा बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालले लैंगिक हिंसाको घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको चर्चा गर्नुहुँदै यस किसिमको तालिमको महत्वबारे प्रकाश पार्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापाले तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीको क्षमता अभिबृद्धिका लागि यस्ता तालिम फलदायी रहने बताउनुभयो । सात दिन अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी तथा गणमा जेण्डर फोकल प्वईन्टको रुपमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक ९ जना र सशस्त्र प्रहरी निरीक्षक २९ जना गरी कूल ३८ जना प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।