Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लोकप्रिय राजाको वंश नाश भएको त्यो दिन

श्री ५ बीरेन्द्र बीर बिक्रम शाहदेबको जन्म डिसेम्बर २८, १९४५मा भएको थियो । उनको निधन जुन १, २००१मा भयो । तत्कालीन राजा महेन्द्रका सुपुत्र जसले आफ्ना पिताको स्वर्गारोहणमापश्चात् सन् १९७२ देखि नेपालको राजकीय सत्ता सम्हाले उनको शासनकाल दरबार हत्याकाण्ड नहुन्जेल (सन् २००१) सम्मको कालखण्डसम्म उनको देहबसान नभइन्जेल जारी रह्यो । अन्राप्ट्रिय जगत्मा नेपालका ऐतिहासिक विश्वबिख्यात राजाका रुपमा परिचित थिए श्री ५ बीरेन्द्र । बीरेन्द्रको जन्म तत्कालीन युवराजधिराज महेन्द्र र उनकी श्रीमती युवराज्ञी इन्द्रराज्य लक्ष्मीको ज्येस्ठ सुपुुत्रको रुपमा नारायणहिटी राजदरबारमा भएको थियो बीरेन्द्र नेपाली राजशाही परिवारमध्येबाट औपचारिक शिक्षा ग्रहण गर्ने पहिलो ब्यक्ति थिए।

उनले दार्जेलिगमास्थित सेन्ट जोसेफ कलेज अन्तर्गतको जेसट स्कुलमा आठ बर्ष अध्यनको क्रममा बिताएका थिए । सन् १९५५मार्च १३ का दिनमा उनका हजुरबुबा अर्थात तत्कालीन राजा त्रिभुवानको स्वर्गारोहण पस्चात् उनका पिता महे न्द्रले राज्यरोहण गरे । तत्पश्चात बीरेन्द्र नेपालअधिराज्यको युबराज घोसित भए । संयुक्त अधिराज्य (बेलायत) स्थित इटन कलेजमा सन् १९५८मा उनले प्रबेश गरे । सन् १९६४ मा ईटन कलेजबाट अध्ययन पूरा गरी उनी नेपाल फर्के र उनले भेस बद्लेर नेपाली गाउ बस्ती र कुनाकाप्चासम्मको यात्रा गरे । यसक्रममा उनले स्थानिय तहका उपलब्ध बस्तुहरुको उपभोग गर्दै गाउघर र गुम्बाहरुमा समेतरात बिताए । हावर्ड बिश्वबिद्दालयमा राजनीतिशास्त्रको अध्ययन पुर्व उनले आफ्नो अध्ययनका ेकार्यलाइ अघि बढाउदै सन् १९६७ देखि १९६८ सम्म टोकियो युनिभर्सिटीमा शिक्षा हासिल गरे । युवाअबस्थामा भ्रमण गर्नु बीरेन्द्रको शोख नै थिया । जसअनुरुप उनले क्यानडा,ल्याटिन अमेरिका,अफ्रिका र केहि संख्यामा एसियाली देशहरुसमेत घुमे । नेपाली कलाका पारखी राजा बीरेन्द्र नेपाली कलाकारहरु र शिल्पकारहरुका दह्ररिलो सहयोगी थिए । उनले हेलिकप्टर उडाउन समेत सिके ।

राणा खानदानकी ऐश्वर्य राज्यलक्ष्मी देबी राणसंग उनको बिबाह २७फेबु्रवरी१९७० मा सम्पन्न भयो । उनको बिबाह समारोह यति भब्य र खर्चिलो थियो कि हिन्दु संिस्क्रतिअनुसार सम्पन्न उक्त बैबाहिक कार्यक्रममा ऐतिहासिकरुपमै अमेरिकन डलर साढे नौ मिलियन खर्च गरियो । बीरेन्द्र र ऐश्वर्यका तीन सन्तान थिए दिपेद्र,श्रुति र निराजन । ती सबै दरबार हत्याकाण्डमा मारए । ३१ जनवरी १९७२ मा पिता महेन्द्रको स्वर्गारोहण पश्चात् बीरेन्द्रले राजगद्दी सम्हाले उनले शासन सम्हाल्दाको समयमा नेपालमा सक्रिय राजततन्त्र कायम थियो र राजनैतिक दलहरुमाथि प्रतिबन्ध लगाएको थियो । यही शासन ब्यबस्थाको
निरन्तरता स्वरुप उनले स्थानीय र क्षेत्रीय परिसद् जसलाई पञ्चायत पनि भनिन्थ्यो, यिनै निकायहरुबाट उनले आफ्रनो शासनलाइ अगाडि बढाए । बीरेन्द्र आफै पनि सक्रिय राजतन्त्रबाट खुसी थिएनन् तसर्थ त्यस क्रमलाइ सुधार गर्दै उनले अप्रत्यक्ष रुपमा रास्टिय पञ्चायत (सभा) मा प्रतिनिधिहरु निर्बाचित रहन परिपाटिको बिकास गरे । जनता गरिब भएको र पिछडिएको रास्टले बहुदलिय प्रजातन्त्रलाई बहन गर्न सक्दैन भन्ने मान्यता राख्ने राजा बीरेन्द्रले तत्कालीन अबस्थामा दरिलो र निर्णायक भुमिका बहन गर्न सक्ने सरकारको बिकल्प लाईजोड दिएको पाइन्छ ।

एकआपसमा रामो्र सम्बन्ध नभएका हामा्र छिमेकी मुलुक भारत र चीन दुबैसंग नेपालको समान र रामो्र हुनुपर्दछ भन्ने मान्यता उनमा थियोत्यसैले उनले सन् १९७३ अक्टोबरमा भारत भ्रमण पश्चात् दुई महिनाको छोटो समयमा नै चीनको समेत भ्रमण गरे । पञ्चायती ब्यबस्थालाई सुधा लोकप्रिय शासन ब्यबस्था कायम गर्ने प्रयास स्वरुप तत्कालिन अबस्थामा कांगेस पार्टीका नेताहरुलाई धरपकड गरिएको थियो । प्रजातन्त्र प्रा्रप्तिका लागि गएिकाेे आन्दोलन बढ्दै गएपछि बीरेन्द्रले निर्दलिय र बहुदलिय ब्यबस्थामध्ये जनताले खोजेको ब्यबस्था प्रत्याभुत गर्न जनमतसंग्रहको घोसणा गरे । मे १९८० मा सम्पन्न जनमतसग्रहमा निर्दलीय ब्यबस्थाले ४५ का बिरुद्द ५५ प्रतिसतको परिणाम निकाली झिनो मतका आधारमा बहुदलिय ब्यबस्था माथि बिजय पा्रप्त गरी निर्दलियता ब्यबस्था नै कायम रहन पुग्यो । सन् १९८०मा ब्रिटिश फिल्ड े मार्शलको उपाधि दिइयो । सन् १९८० मा चरणबद्ध हड्ताल,बन्द र प्रजातान्त्रिक नाराहरु लेपालभरि नै गुन्जियो । त्यसै कारणले राजा बीरेन्द्र संबैधा निक राजा बन्न राजी भए । उनले स्वतन्त्ररुपको संबिधान सुझाब आयोग मुख्य प्रतिपक्षहरुको समेत प्रतिनिधित्व हुने गरिकन बनाए । साथै नया संबिधान बनाउदा उनिहरुको राजनैतिक संम्रचनागत मागलाई दृस्टिगत गरिकन गठन गरे ।आयोगले उनि समक्ष सेक्टेम्बर १०, १९२० मा प्रस्ताबित संबिधानको खाका प्रस्तुत गर्यो ।

नया संबिधानले बीरेन्द्रलाइ मुलुकको रास्ट्रप्रमुख बनायो जसमा संबैधानिक राजतन्त्र र बहुदलीय शासन ब्यबस्थाको कायम गरियो । संबिधानको खाकाको प्रतिबेदनलाई प्रधानमन्त्रि किस्नप्रसाद भट्रराई र उनको मन्त्रिपरिसद्ले प्रमाणित गर्यो र तत्पस्चात् र नोभेम्बर १९२० मा बीरेन्द्रले नेपालको शासन ब्यबस्था परिबर्तन भएको घोषणा संगै नया संबिधान जारी भएको र मुलुकमा संबैधानिक राजतन्त्रात्मक शासन ब्यबस्था कायम गरिएको घोसणा गरे । बिभिन्न राजनैतिक दलहरुबिचको आपसी मतभेद र झगडा अनि संख्यात्मक रुपमा अधिक भासामा सामाजिक समस्याका कारण नेपालमा गृहयुद्धको थालनी भयो । सरकारी पक्ष र माओबादीबीचका १९२६ देखि जारी द्धन्द सन् २००६ सम्म आइपग्दा अन्त्य भयो नेपालको स्थायित्वमाथि नै धावा हुन पग्यो जब बीरेन्द्र र उनकी महारानीसहित सपरिवारको सन् २००१ जुन १ का दिन शाही रात्रिकालीन भोजको समयमा भएको गोलीकाण्डमा हत्या भयो । कतिपय नेपालि जनताले उक्त हत्याकाण्डको नाइके ज्ञानेन्द्र हुन् भन्ने शंका गरेका छन् जहासम्म प्रकाशित रिपोर्ट, प्रत्यक्षदर्शी र सर्बोच अदालतका प्रधान न्यायदिस केशबप्रसाद उपाध्याय र प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट, दुईजना समिलित अनुसन्धान टोलिले निकालेको परिणाम अनुसार भने बिरेन्द्रका ज्येस्ठ पुत्र दिपेन्द्रले गोली चलाएको प्रमाणित हुन आउछ । प्रतिबेदनमा उल्लेख गरिएअनुसार दिपे्रन्दले गोली चलाउनुको कारण उनले देबयानि रााणालाई बिबाह गर्न चहानु तर यही बिसयलाइ लिएर आमासंगको ठाकठुकले गर्दा भएको हो भनी ठहर गरेको छ । दिपेन्द्रको पैलेदेखिनै रक्सी र अबैध लागुपदार्थको सम्बन्ध जडीएर पहिले पनि मानसिक रुपमा डिप्रसनका बिरामी थिए भन्ने हल्ला पनि फैलिने गरेको थियो तर सो काण्ड दिपेन्दलेनै मच्चाएका हुन भन्ने कुनै आधार भने छैन । घटनाका प्रत्यक्षदर्शीहरुले दुई जना दिपेन्द्र देखेको भन्ने कुराले भने घटना निकै रहस्यमय दखिन्छ ।