Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वकिलले कालो कोट लगाउने कारण

वकिललाई कालोकोटेको उपमाले पनि चिनिन्छ । त्यसैले भन्नु परोइन कि वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो सर्ट लगाउँछन् प्रायः वकिलहरू । आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको रहस्य के हो त ? नेपालमा मात्र होइन, विश्वभरमै किन वकिलको पहिरन कालो कोट र सेतो सर्ट भयो त ? स्मरणर होस् बेलायती शासक एडबर्ड तृतीयले सन् १३२७ मा वकालतको सुरुवात गरेका थिए । त्यस समय पहिरन संहिताका आधारमा न्यायाधीशहरूको भेषभूषाको मापदण्ड बनाइयो । त्यस समय न्यायाधीशहरूले शिरमा एक भुत्लायुक्त मुकुट लगाउँथे । वकालतको सुरुवातको समयमा वकिलहरूलाई चार भागमा विभाजन गरिएको थियो । जसमा स्टुडेन्ड अर्थात् प्रशिक्षार्थी, प्लिडर, बेन्चर र व्यारिस्टर थिए । ती सबैले न्यायाधीशलाई स्वागत गर्दथे । त्यस समय अदालतमा सुनौलो रातो रङको कपडा तथा खैरो रङको गाउन लगाउने चलन थियो । त्यसपछि सन् १६०० मा वकिलको पहिरनमा परिवर्तन भयो । वकिलले पनि लामोखाले गाउन लगाउन सुरु गरे । त्यो पहिरनले वकिल र न्यायाधीशलाई आमसर्वसाधारण भन्दा फरक देखाउँदथ्यो । सन् १६९४ मा बेलायती महारानीको विफरका कारण मृत्यु भयो । रानीको मृत्युमा शोक मनाउनका लागि कालो गाउन लगाएर एकै ठाउँमा जम्मा हुनका लागि तत्कालीन राजा विलियम्सले सबै न्यायाधीश तथा वकिलहरूलाई आदेश दिए । रानीको मृत्युमा लगाइएको त्यो कालो पहिरन त्यसपछि वकिलहरूको आमपहिरन बन्न पुग्यो । सुरुमा गाउनको चलन थियो । तर विस्तारै कालो कोटको चलन आयो । समय क्रमसँगै कालो कोट वकिलको पर्यायवाची बन्न पुग्यो । कालो कोट तथा सेतो कमिजले वकिलमा अनुशासन कायम गर्ने तथा न्यायप्रति विश्वास जागृत गर्ने आमविश्वास रहेको छ ।– एजेन्सी