Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वडा अध्यक्षहरुको बहिस्कारपछि काठमाडौँ महानगरको नगरसभा स्थगित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि नगर सभाको बैठक स्थगित भएको छ ।

आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो ।

कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि मेयर बालेन्द्र शाह बालेन ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

आइतबारको बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको समय दिए लगत्तै कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका थिए ।

बैठक स्थगित भएपछि मेयर शाहले आक्रोशित हुँदै सामाजिक सञ्जालबाट कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार