Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वडा कार्यलयका कर्मचारी कोरोनाले ग्रष्त

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ६ जना कर्मचारीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिएका छन् ।वडाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जना कर्मचारीको रिपोर्ट आउन बाँकी छ । वडाध्यक्ष रिजालले भने यस्तो अवस्थामा सेवा दिन गाह्रो छ । अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने नै अवस्था आएमा त्यसको वैकल्पिक बाटो खोजिने छ । वडाध्यक्ष रिजालका अनुसार दुई जना कर्मचारीको रिपोर्ट शनिबार र चारजनाको रिपोर्ट सोमबार राति आएको बताएका छन् । संक्रमण पुष्टि भएका सबै जना कर्मचारी होमआइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष रिजालले बताएका हुन् ।


सम्बन्धित समाचार