Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वनस्थलीमा भूमि स्मृति कप

काठमाडौं । तनहुँको यम्पा फाँटलाई वामपन्थीको थलो बनाउने भूमिनन्द लामिछानेको स्मृतिमा असोज ९ गतेदेखि बिहान ८ बजेबाट बल्छि धु्रर्वे फुटसल क्लब बनस्थलीमा भूमि स्मृति कप फुटसल प्रतियोगिता हुने भएको छ । नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठद्वारा उद्घाटन हुने सो फुटसल कार्यक्रमका संयोजक दीपक लामिछानेका अनुसार ३० टिमले खेलमा सहभागिता जनाउने भएका छन् । सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई ४० हजार र द्वितिय स्थामन हासिल गर्नेलाई २५ हजार नगदसहित सम्मानपत्र दिइने आयोजकले बताएका छन् । कार्यक्रमबाट संकलित रकम भूमिनन्द लामिछानेले छोडेर गएका अधुरा सामाजिक कामहरुलाई पूरा गर्ने लक्ष्य राखिएको संयोजक दिपक लामिछानेले बताएका छन् । स्व. लामिछाने नेपाल कम्युनिष्ट पार्टीको जिल्ला नेतृत्वमा रही पार्टी हितका कार्यक्रमहरुप्रति बफादार थिए । पार्टीसँगै सामाजिक काममा उनको क्रियाशीलताका कारण अहिलेको युवा पुस्ताले पनि उनलाई स्मरण गरेको हो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल