Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा । वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका(२ बस्ने ५० वर्षीय रुस्तम लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वन मुद्दामा नारायणी अंचल अदालतको २०४७ फागुन ८ गतेको फैसलाले २ महिना कैद र ३ सय ४० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी पक्राउ गरेको हो ।
लामालाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानएको छ ।