Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई अदालत परिसरमै आक्रमण प्रयास

काठमाडौं । पक्षमा बहस गर्नेलाई समर्थन र विपक्षमा बहस गर्नेलाई मारपिट गर्नु हुँदैन । बहस जसले जे गरे पनि निर्णय गर्ने न्यायाधीशले हो । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् । सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउने क्रममा छ । बुधबारको थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका हुन् । समर्थकले आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई सुरक्षा दिएको थियो । लामिछानेको मुद्दामा आजै आदेश आउने बताइएको छ । उनले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए ।


सम्बन्धित समाचार