Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने ढकालको घोषणा

बाग्लुङ । व्यवसायी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । बाग्लुङ महोत्सवलाई सम्बोधन गर्दै व्यवसायी ढकालले चैतमा हुने उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
वर्तमान कार्यसमितिमा महासंघका वस्तुगततर्फका उपाध्यक्ष रहेका ढकाल ग्लोवल आइएमई बैंक, आइएमई ग्रुप र चन्द्रागिरी हिल्सका अध्यक्ष समेत हुन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। सोही प्रावधान अनुसार अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेखर गोल्छा अध्यक्ष हुँदैछन्।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल