Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने एमाले नेता सुवास नेम्वाङको घोषणा

चितवनमा हुने नेकपा एमाले को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।
नेम्बाङले भने, ‘मेरो सर्वसम्मत गरौ भन्ने जोड हो । तर सर्वसम्मत भएन भने साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिनै पर्यो ।’ नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको समेत बताए ।
अहिलेसम्म साथीहरुको सल्लाह तपाईंले वरिष्ठमा उम्मेदवारी दिनुपर्छ भन्ने छ । अव साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिन्छु’, नेम्वाङको भनाइ छ । यसअघि एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एमाले अध्यक्ष ओली यसपटकको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा भएपनि आकांक्षीहरु धेरै हुँदा ओली समुहका नेताहरुलाई व्यवस्थापन गर्न नै सकस पर्ने देखिएको छ ।
गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो । उक्त पद हालका महासचिव ईश्वर पोखरेललाई व्यवस्थापन गर्न लक्षित गरेर सिर्जना गरिएको एमाले नेताहरुले बताउदै आएका छन् । तर अव यो पदमा पोखरेलसहित रामबहादुर थापा बादल र नेम्वाङ समेत आकांक्षी भएपछि चुनावको विकल्प नहुने अवस्था देखिएको छ ।


सम्बन्धित समाचार