Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘वरिष्ठ बलराम’बाट दयाहाङ बाहिरिए

नायक दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’बाट हात झिकेका छन् । फिल्मको छायांकन निर्धारित समयमा सुरु हुन नसकेका कारण दयाहाङले फिल्मबाट हात झिकेको बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार दयाका हातमा धेरै फिल्म रहेको र छायांकनमा अन्य फिल्मलाई पनि समय दिनु पर्ने भएकाले वरिष्ठ बलराम छाडेको बताएको छ । ‘वरिष्ठ बलराम’ को छायांकन सुरुवातमा भदौबाट गर्ने बताएको थियो । यसपछि, फेरि फिल्मलाई मङ्सिर २५ बाट सुरु हुने भनिएको थियो । निर्माण पक्षले यसपछि, फेरि फिल्मलाई पौषबाट छायांकन गर्ने जानकारी गराइयो । यसका निर्माता रोहित अधिकारीले जाडो महिनामा फिल्म छायांकन गर्न सहज नहुने भन्दै पौषबाट फेरि सेड्यूल चैत्र महिनामा पुर्याएका छन् । जसले गर्दा, यो फिल्मको छायांकन सुरु हुन अझै ४ महिना लाग्ने देखिएको छ । फिल्मको सुटिङमा जाने टुङ्गो नभएपनि निर्माण टिमले भने आफ्नो रिलिज मिति घोषणा गरिसकेको छ । फिल्मको छायांकन समयमा नहुनु र छायांकन गर्ने मिति लम्बिँदै जानुकाकारण दयाले फिल्मबाट हात झिकेका हुन् । उसो त, दयाले एक वर्षमा डेढ दर्जन फिल्ममा काम गर्दै छन् । यता, उनको फिल्म रिलिजको सङ्ख्या पनि उस्तै छ । जसले हेर्दा, दयाले हरेक फिल्मलाई समय मिलाएर सेड्युल उपलब्ध गराउनु पर्ने हुन्छ । दयाले अन्य फिल्महरूलाई दिएको समय नै प्रभावित हुने कारण र यो फिल्ममा धेरै रोल पनि नभएकाले उनी वरिष्ठ बलरामबाट बाहिरिएको हुन सक्ने स्रोतले बताएको छ । फिल्म ुवरिष्ठ बलरामुको निर्देशन सुरेन्द्र पौडेलले गर्दै छन् । फिल्ममा खगेन्द्र लामिछाने, दिव्या रायमाझी, माओत्से गुरुङ लगायतको मुख्य भूमिका रहनेछ । फिल्मको पटकथा लेखन खगेन्द्र लामिछानेको रहेको छ । फिल्म रोहित अधिकारी फिल्मस् र ओएसआर डिजिटलको सहकार्यमा बन्न लागेको हो । ओमप्रकाश अग्रवाल समेत निर्माता रहने फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता रहनेछन् । फिल्ममा सुजन चापागाईँको सङ्गीत र सुसन प्रजापतिको छायांकन रहनेछ ।


सम्बन्धित समाचार