Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल सुरु

काठमाडौं । वर्षाका कारण रोकिएको एसिया कप–२०२३ मा भारत र पाकिस्तानबीचको सुपर फोरुको खेल सुरु भएको छ ।

श्रीलंकाको आर प्रेमादसा रंगशालामा वर्षाका कारण रोकिएको खेल नेपाली समयअनुसार अपरान्ह ४ः५५ बजेदेखि सुरु भएको हो । खेल करिब दुई घण्टापछि सुरु भए पनि निर्धारित ५० ओभर घटाइएको भने छैन । यी दुई टिमबीचको खेल आइतबार हुने तालिका रहे पनि वर्षाका कारण सम्भव नभएपछि रिजर्भ डेका लागि सारिएको थियो ।

आइतबार टस हारेर ब्याटिङमा आएको भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।

भारतीय टिमबाट हाल क्रिजमा विराट कोहली आठ र केएल राहुल १७ रनमा खेलिरहेका छन् । त्यसअघि कप्तान रोहित शर्मा ५६ र सुभमन गिल ५८ रनमा आउट भएका थिए ।

पाकिस्तानका सदाब खान र साहिन साह अफ्रिदीले एक–एक विकेट लिएका थिए ।

सुपर फोरमा दुई अंक जोडेको पाकिस्तान तालिकाको शीर्ष स्थानमा छ । भारतको भने सुपर फोरमा यो पहिलो खेल हो ।