Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । फूर्ति लगाएर हुन्न कान्छा । ०६३सालमा तिम्रो हालत के थियो । कसको नाउमा चन्दा उठाउँदा राष्ट्रिय बाणिज्य बैङ्क अगाडिबाट पक्राउ परेर वाइसिएलको शिविरमा चिउरा खायौ ? त्यही चरित्र श्रम संस्कृतिको नाउमा सांसदमा भाले हुँदा उसैलाई कारबाही गरेको प्रवेश राईले बोल्नासाथ तीनको मुख बन्द छ । नामले हर्क राई सुम्निमा पारुहाङको नाउमा बेलायतवासी धरानेहरूले शालिक बनाउन रु ५ करोड उठाए उनकै मोबाइल फोन कोडमा पठाए । तर तिनले त्यो भन्दाबढी देशकै चर्चित धरान उपमहानगरपालिकाको मेयर जितेको भरमा उठाएका थिए । जनतालाई श्रममा लगाएर गतिलो खाजा खुवाउँदैमा सबै रकम पच्दैन । मुल गुरुयोजना भनेको चुने डाँडामा सुम्निमाको प्रतिमा स्थापना हो । श्रम संस्कृति पार्टीको नाउमा उठाइएको हङकङ वासीको रु ५ करोड भन्दा पनि स्थानीय तहमा उठाइएको ९ करोडको हिसाव आज खोजिँदैछ । जुनबेला रास्वपाको दुई तिहाईको सरकार विरुद्ध संसदमा हर्कले टोपी खोलेर आफ्नो आदर्श प्रदर्शन गर्दैछन् । त्यो पनि प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध । नकक्ली माओवादी बनेर चन्दा उठाउने त्यही ठग धरानमा नटिकेर अफगानिस्तान हुँदै इराक पुगेको समय देशमा लोकतन्त्रको जग बस्दै थियो । ०४६ सालमै हिमाल खवरमा गोपाल दाहालले हर्कको पौरख लेखेका हुन् । जब हर्क हण्डर खाएर देश फर्के उनले विदेशमा सुकिला मान्छेले ढल सफा गरेको देखेर नै धरान बजारका ढल खोतल्दै स्थानीय सरकारलाई धम्की दिन थाले । जनता प्रभावित भए, त्यो बीचमा जातीयताका कुरा उठाउने माओवादीका सुरेश आले जस्ता साम्प्रदायी चरित्र थिए । तीनका लागि हर्क ठिक थिए । नक्कली माओवादी बनेर चन्दा उठाउँदा बेहोरेको शारीरिक मर्मत आज सांसद हुँदा समेत हर्क साम्पाङको दिमागमा छैन तर पनि दुई तिहाईको सरकार विरुद्धमा एक्लै संसद बहिष्कार गरे पनि आफ्नै चरित्र प्रदर्शन गरेको बारेमा प्रधानमन्त्री र उनको पार्टीले चासो दिएकै छैन ।
हर्ककै कारण पार्टी ध्वस्त
संस्कृति विचलन त्यहाँ बढी छ । हर्क स्वयं नै श्रम दान भन्ने सम्बन्ध दान गर्ने अभियान छ । पार्टीको पद र कुर्सीको लोभले हर्क जसरी पार्टी अध्यक्ष भए पार्टी उपसचिव शुक्र कुमारी राईले श्रम संस्कृतिलाई केटी खेलाउने पार्टी भनेकै छन् । पार्टीको चिन्ह माटो छ । त्यो माटोमा विलिन हुन सक्छ । श्रमको नाउमा ठग्ने त्यो पार्टी हिजोको जसपा, जनमत, नाउपा जस्तै नहोला भन्न सकिँदैन । राजनीतिमा मुद्दा मिल्ने ऐजुरु धेरै हुन्छन् । बालेन एउटा ऐजेरु थिए । जसको सामाजिक उत्तरदायित्व थिएन । तर माओवादी अध्यक्षले हर्क, बालेन, गोपी हमाललाई गणतन्त्रको बगैंचाका गुलावको फुल भने । कताको प्रचण्ड कताको वाइसिलबाट मर्मत भएका हर्क । यहाँ गोब्रे किरो हर्क भए उनको प्रवृत्तिले त्यो देखायो । बालेन त ¥यापर नै हुन् । उनलाई समयले प्रम बनायो । तर शत्रु को मित्र कस्तो पत्तो छैन । उनी संसदमा सांसदसँग सम्वाद गर्न नसक्ने पात्र नै सावित भए । पार्टीले कतिदिन यस्तो पात्रलाई बोक्छ ? मान्छे सप्रन बेर लाग्दैन । उसको चरित्र र व्यवहार सप्रनु पर्छ । सबैतिरबाट रास्वपामाथि प्रहार छ । अब प्रचण्डले त्यो दुर्गन्ध सफा गर्न परेन । त्यसका सांसदहरूले कानुनको पालना गर्न पर्दैन । अरुलाई नैतिकताको कुरा सिकाउनेले विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भए पनि राम्रै हुन्छ । किनकि रास्वपा १८२ सिटे पार्टी हो । त्यसले सांसदलाई नैतिक दायित्वको बोध गराउँदैन किनकि ऊ जान्ने र राम्रा छान्ने पार्टी हो । हर्क साम्पाङले सुम्निमा पारुहाङको नाउमा १४ करोड घिच्नु र भाग्नु जस्तै नाइजेरियन युवतीलाई गर्भवती बनाएर संसदमा पुग्ने कृष्णकुमार कार्की प्रम बालेन गु्रपका हुन् । हर्क साम्पाङ धरानको मेयर बन्दा व्यक्तिको लालपुर्जाको जमिनमा विरुवा रोप्न जानु र कार्कीले नाइजेरियन युवतीलाई गर्भवती बनाएर बिचल्ली बनाउनु एकै प्रवृत्ति हो । रास्वपा एक्लैको तल्लो सदनमा बहुमत छ । अब त्यसको योजना र कार्यक्रमलाई राष्ट्रिय सभाले अस्वीकृत गर्दा धोती फुस्कन्छ । त्यो बेला चार सिटे हर्कले प्रम बालेनलाई गरेको विरोध र समर्थनको अर्थ हुँदैन । चन्दा झ्वाम पार्ने हर्कको सांसद पद निलम्बन हुनसक्छ । किनकि उनको अराजकता माओवादीका नाउमा चन्दा उठाएर मोटरसाइकल फेर्नेदेखि धरानकै मेयर हुँदाको बखान कानुनसम्वत छैन । दुश्मनी विचारमा हुन्छ, सिद्धान्तमा हुन्छ । तर त्यो दीर्घकालिन हुँदैन । श्रम संस्कृति नाम दिइएको पार्टीको देश बनाउने सिद्धान्त, कार्ययोजना भनेको ढुंगे युगको कल्पना हो । हर्कको पार्टीले महाकालीमा झोलुँङ्गे पुल निर्माण गर्ने योजना ल्याए तर लठ्ठा सरकारले दिलायो । त्यसले एमाले, काँग्रेस जस्तै रैथाने लुटाहाका विरुद्ध उचित काम गर्दा हुन्छ तर संसदका विपक्षी शक्ति विरुद्ध जसरी वैरभाव देखायो त्यो नै सरकारले सांसद पद निलम्बन गर्दा पीडितले सहायत्रीको साथ नपाउने ठाउँ बनाएको अवस्था छ । हर्कले उचाल्दा धराने जनताले बालेनलाई सराप्दैनन् । किनकि बालेनले जनता, राष्ट्र र सार्वभौमिकताको झण्डा बोकेका छन् । तर हर्क साम्पाङ बेलायती जासुस बनेर फूर्ति लगाउनै पर्दैन । तिनले संसदमा के बोल्छन् चासो छैन । गतिविधि के गर्छन् धरानवासी बेलायती सहयोग आएपछि मात्र देखिन्छ । किनकि उनीहरूले संसदमा उजुरी दिँदैछन् । सुधन किराँती क्रिश्चियन बढाउन श्रम संस्कृति पार्टीमा छिरे पनि यसै पटक त्यो पार्टी खरानी समूहमा दर्ज भएको महसुस कतिले गर्लान् ?
२०८३ जेष्ठ १३
ताजा नेपाल
२०८३ जेष्ठ १३
ताजा नेपाल
२०८३ जेष्ठ १२
ताजा नेपाल