Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोही बेलाको पावर कति शक्तिशाली र जब्बर हुन्छ भन्ने कुरा अमर रायमाझी हुन् । शदरसिंह भण्डारीले सुभाष श्रेष्ठलाई एयरपोर्टमा प्रवेश गराए । श्रेष्ठले कुनै बेला जे भन्थे त्यही हुने एयरपोर्टको पार्किङदेखि सफाईको ठेक्का सम्म निर्माण प्रक्रियाका ठूला ठेक्कासम्मको कारोबार चम्केकै हो । वामदेव गौतम गृहमत्री भएकै बेला एयरपोर्टको सानो सानो ठेक्का लिएका अमर रायमाझी आज हरेक योजनामा हात हाल्ने हैसियतमा पुगेका छन् । व्यापारले राजनीति हिडाउने भएपछि सत्ता उलटपुलटमा समेत यस्ताको लगानी हुनसक्छ । आज वामदेव र शरदसिंह भण्डारी फरक पार्टी, फरक धारमा छन् । संसदीय व्यस्थाको सुरा सुन्दरी काण्ड कसैको पनि बहुमत नभएको समय काँग्रेसले भण्डारीलाई एमालेले वामदेव गौतमलाई राम्रै प्रयोग गरेका हुन् । पैसाको चलखेल यिनैले गरेका थिए । यिनका लागि प्रकाश टिवडेवाला, दिपक मलहोत्रा, छवि भुषालहरूको सक्रियता थियो । आज पनि त्यो छायाँ त्यो छविले एयरपोर्टमा काम गरेको छ । नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेका हवाई कम्पनीहरूसँग यिनकै बढी हिमचिम छ । त्यही कारण प्राधिकरणको एयरपोर्टदेखि ववरमहलसम्मको ग्याङ यिनैले मिलाउँछन् ।
बबरमहलका डन प्रदीप अधिकारीको रु १३ अर्ब लुटको पोखरा एयरपोर्ट छानविन हुँदैछ । आज उनी क्याप्टेन रामेश्वर थापा र एमाले नेताहरूको खाई खजनाको काभ्रे हेलिप्याड काण्डको छानविनमा परेका छन् । अधिकारीले प्रचण्ड, केपी, डा. आरजु बाहेक अरुको चासो लिएनन् । जबकि यी तिनै जना राष्ट्र लुटेरा हुन् । यिनले सत्तामा रहँदा प्रदीप अधिकारी, दिपक भट्ट, दिपक मलहोत्रा, अरुण अग्रवाल, सुलभ अग्रवाल, पशुपति मुरारका, राजेशकाजी श्रेष्ठ, विनोद चौधरी, उपेन्द्र महतो, जीवा लामिछाने जस्ताको राय सुझाव लिँदा ललिता निवास काण्डमा मिनबहादुर गुरुङ र विष्णु पौडेलको करामत उदांगो भयो । हिजोका भ्रष्टले एयरपोर्टमा छिराएका व्यवसायीहरू कति धनी भए तिनको श्रोत कति बढ्यो ? छानविन हुन्न । तर वामदेवले दया गरेका अमर रायमाझीले भने खर्चको जोहो गरीरहेको बताउँछन् ।
२०८३ असार १०
ताजा नेपाल
२०८३ असार १०
ताजा नेपाल
२०८३ असार १०
ताजा नेपाल